अफ्रिका। कोरोना भाइरसको संक्रमण रोक्न दक्षिण अफ्रिकाले फेरि रक्सीमा प्रतिबन्धको घोषणा गरेको छ । अब त्यहाँ रक्सी विक्री गर्न पाइने छैन ।
सरकारले सोमबार रातिको समयका लागि कर्फ्यू लगाएको छ । घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन निर्देशन दिएको बीबीसीले जनाएको छ ।
दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले एक वर्षमा दोस्रो पटक रक्सी प्रतिबन्धले देशको स्वास्थ्य प्रणालीमा पर्ने दबाब कम गर्ने बताएका छन् । दक्षिण अफ्रिकामा २ लाख ७६ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ भने ४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।