उनका अनुसार अहिले मनसुन सक्रिय अवस्थामा छ । बाँकी ३ वटा प्रदेशमाभन्दा यी ४ प्रदेशमा आज राति मनसुन थप सक्रिय हुने र भारी वर्षाको अनुमान गरिएको छ । उनले सेप्टेम्बरसम्म मनसुन रहने हुनाले कहिले भारी वर्षा त कहिले कम हुने जनाउँदै अझै केहीदिन मनसुन सक्रिय हुने देखिएको बताए ।
रातिमा भारी वर्षा किन हुन्छ ?
पौडेलका अनुसार दिउसोमा भन्दा रातिमा भारी वर्षा हुने गर्छ । रातिमा जलवाष्पको प्रक्रिया सहज हुन्छ । “दिउसोको तुलनामा रातिमा चिसिने प्रक्रिया सजिलो हुन्छ,” पौडेलले भने, “विस्तारै चिसो हुँदै गएर बादल बन्ने प्रक्रियामा सहयोग हुन्छ । त्यसैले दिउसोको तुलनामा राति भारी वर्षा हुने गर्छ ।”
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा असार महिनाभर मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ ।