आज:
  • होमपेज / Breaking News

    वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा कोरोना महामारी र लकडाउनको असर

  • वीरगंज संजाल
  • २८ असार २०७७, आईतवार १९:१२
  • ८८०९

    वीरगन्ज  | वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) को अन्तर्राष्ट्रिय कारोबारमा कोरोना महामारी र लकडाउनको असर देखिन थालेको छ। कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल भारतमा लकडाउन सुरु भएको तीन महिनापछि कारोबार घटेको छ।कोरोना महामारी नियन्त्रण र रोकथामका लागि नेपालमा चैत ११ देखि र भारतमा चैत १० गते देखि लकडाउन सुरु गरिएको थियो। लकडाउनपछिको तीन महिनासम्म भारतसहित तेस्रो मुलुकबाट सहजै आयात भइरहेको मालवाहक सामग्री यो महिनादेखि घटेको बन्दरगाह भन्सार प्रमुख उमेश श्रेष्ठले बताए। तेस्रो मुलुकबाट जेठसम्म पुरानै कन्साइन्टमेन्ट (सौदा) का मालवस्तु भारतको रेलमार्ग भएर सहजै आयात भइरहेकोमा असारदेखि सामान आयातको परिमाण ह्वात्तै घटेको उनले जानकारी दिए।

    विदेशबाट आयात गरिने एलसी (प्रतीतपत्र) खोलेका सामान सबै प्रक्रिया पूरा गरेर भन्सार बिन्दुसम्म आइपुग्न तीनदेखि पाँच महिनासम्म लाग्ने गर्छ। श्रेष्ठ भन्छन्, ‘सुक्खा बन्दरगाहमा कोरोना र लकडाउनको असर अब बल्ल देखा पर्न थालेको छ, साउनमा अझ असर देखिन्छ।’ लकडाउन सुरु भएको ढेड महिना नेपालतर्फ ढुवानी प्रभावित हुँदा सुक्खा बन्दरगाहको यार्डमा जेठ दोस्रो साता करिब चार हजार कन्टेनर थुप्रिएका थिए। ढुवानी सहज भएर थुप्रिएका कन्टेनर गन्तव्यतर्फ जान थालेपछि अहिले बन्दरगाहमा एक हजार कन्टेनर मात्र छन्।

    सामान्य अवस्थामा सुक्खा बन्दरगाहमा रेलमार्ग हुँदै हरेक महिना औसतमा एक सय र्‍याक (९ हजार कन्टेनर) भारतबाट आएको तथ्यांक छ। एउटा र्‍याकमा ९० कन्टेनर रहन्छन्। बोराबन्द सामान वा फलामजन्य पदार्थ भने एउटा र्‍याकमा दुई हजार पाँच सय मेट्रिकटन हाराहारीसम्म हुन्छ। असारयता औसतमा दैनिक दुई वटा र्‍याक (रेल) मात्र आइरहेको सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनलले जनाएको छ। असार १ देखि २६ गतेसम्म ६६ वटा मात्र र्‍याक आएको टर्मिनलका कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले जानकारी दिए। जेठसम्म बन्दरगाहमा दैनिक औसतमा ३ दशमलव २ र्‍याक (महिनामा एक सयको हाराहारीमा र्‍याक) आइरहेको थियो’, उनी भन्छन्, ‘तर असारमा घटेको रेसियो हेर्दा साउनमा ३० र्‍याक पुग्न पनि कठिन देखिन्छ।’

    चौधरीका अनुसार अहिले भारतका बन्दरगाहबाट चारवटा याक मात्र मालसामान बोकेर नेपालतर्फ हिँडेका छन्। ‘सामान्य अवस्थामा औसतमा २५ देखि ३० वटा र्‍याक भारतको बाटोमा सधैं हुन्थे’, उनले भने। कोरोना महामारी सुरु भएपछि तेस्रो मुलुकबाट नेपालका लागि आयात हुने मालसामानको नयाँ कन्साइन्टमेन्ट नहुँदा भारतकोे विशाखापटनम् बन्दरगाहमा अहिले नेपालको एउटा कन्टेनर नरहेको र कोलकातामा हप्तामा एउटा मात्रै र्‍याक आइरहेको चौधरीले जानकारी दिए। लकडाउनकै अवधिमा पनि गत चैतमा ८४, वैशाखमा ८३ र जेठमा ८९ रेल भारतीय बन्दरगाहबाट मालसामानको कन्टेनर बोकेर वीरगन्ज आएका थिए।

    मन्दीपछि सामान आएन

    कोरोनाको महामारी र लकडाउनका कारण नेपाली बजारको चहलपहल घटेपछि व्यापारीले तेस्रो मुलुकबाट मालसामानको नयाँ बुकिङ नगरेका वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधवराज राजपाल बताउँछन्।लकडाउनले बजार चलायमान नहुँदा पहिले ल्याइएकै सामान गोदाममै थन्किएकाले उद्योगी र व्यापारीले नयाँ बुकिङ नगरेका उनको ठहर छ। ‘लकडाउनभन्दा पहिले बुकिङ गरिएका मालसामान ल्याउनैपर्ने बाध्यता थियो, जेठसम्म पहिलेका सामान आए, राजपाल भन्छन्, ‘लकडाउन पहिले ल्याइएका मालसामान पनि बजारमा खपत हुन सकिरहेको छैन, उद्योगी र व्यापारीका गोदाममै थन्किएका छन्।’

    राजस्वमा असर

    लकडाउनको असर देखिन थालेपछि असारमा सुक्खा बन्दरगाहको भन्सार राजस्व असुली पनि घटेको छ। भन्सार प्रमुख श्रेष्ठका अनुसार असार २६ सम्ममा कार्यालयले लक्ष्यभन्दा ७१ करोड कम राजस्व संकलन गरेको छ।असारमा भन्सार विभागले तीन अर्ब ४९ करोड राजस्व संकलनको लक्ष्य दिएकोमा बन्दरगाह भन्सारले लक्ष्यको ७९ प्रतिशत मात्र अर्थात् दुई अर्ब ७८ करोडमात्र राजस्व संकलन गर्न सकेको हो। जेठमा तीन अर्ब ७४ करोडको लक्ष्य रहेको बन्दरगाहले लक्ष्यको ९५ प्रतिशत राजस्व संकलन गरेको थियो।

    ‘जेठमा कारोबार राम्रै भएकाले राजस्व पनि झन्डै लक्ष्यको हाराहारीमा संकलन भयो, भन्सार प्रमुख श्रेष्ठ भन्छन्, ‘तर असार लागेसँगै कारोबार घट्न थालेपछि राजस्वमा पनि लकडाउनको असर देखिन थाल्यो, असारमा लक्ष्यको ८० प्रतिशतमात्रै राजस्व संकलन भएको छ|क्रान्ति शाह

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑