वीरगंज | बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवालाई कोरोना सङ्क्रमण भएको जानकारी दिएका छन् । उनीहरु दुवैजनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अभिषेकले दुवैजनालाई कोरोनाको सामान्य लक्षण देखिएको ट्वीटरमार्फत् जानकारी दिएका हुन् । उनीहरुको परिवारका अन्य सदस्यहरुमा पनि संक्रमण छ कि भनेर परीक्षण भइरहेको छ । परिवारका सदस्यको रिपोर्ट आज आउने बताइएको छ ।
पछिल्ला दिनहरुमा भारतमा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । हाल सम्म करिव ८ लाख मानिसमा संक्रमण देखिएको छ भने २३ हजारको मृत्यु भइसकेको छ ।