पोखरा । म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । बिहीबारदेखि लगातार परेको बर्षासँगै धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा खसेको पहिरोमा परेर २० जनाको मृत्यु भएको हो ।पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव शुक्रबार भेटिएको थियो ।
बाँकीको शव शनिबार भेटिएको हो ।
धवलागिरि–६ मराङका ११, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ कुँवरले जानकारी दिएका छन् ।धवलागिरी–६ कल्लेनीका राम्चेका सुबना लामगादे, प्रकाश केसी, आयुष लामगादे, आशिष दामगादे,आयुषा लामगादे, रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपालीको शव भेटिएको प्रमुख कुँवरले जानकारी दिए ।बिमकी बिष्णु शर्मा, इच्छा केसी, गौदेवी नेपाली, विशेष नेपाली, बिरबहादुर नेपाली, उनका ३ महिनाका छोरा, बिष्णु नेपाली, सन्दीप नेपालीको शव भेटिएको प्रहरीले जनाएको छ ।
मराङमै ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीया रितुकुमारी जुग्जाली, ८ वर्षीय कञ्चन जुग्जाली, ५ वर्षीय अर्जुन जुग्जाली, १० वर्षीया करिस्मा जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, हिराकुमारी जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, ३ वर्षीया दिप्ती जुग्जाली र १ वर्षीय दिवन जुग्जाली बेपत्ता छन्।
मालिका–६ की गीता रोका दुखुखोलामा बेपत्ता भएको उनले जानकारी दिए । कल्लेनीका ५१ वर्षीया जनिमा केसी र १६ वर्षीय सबिन पुन पनि पहिरोमा हराइरहेको प्रहरीले जनाएको छ ।‘शुक्रबारदेखि अहिलेसम्म २० जनाको शव भेटिएको छ, बाँकीको पनि खोजी कार्य जारी छ,’ डिएसपी कुँवरले भने, ‘प्रतिकुल मौसम र बिकटताका कारणले समयमै उद्धार गर्न सकेनौं ।’