• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘सास भेटिने आस मर्‍यो, लास भेटे हुन्थ्यो’

  • वीरगंज संजाल
  • २७ असार २०७७, शनिबार ०९:५४
  • २७६९

    सिन्धुपाल्चोक | दुई दिनअघि घरमा सकुशल छाडेकी आमालाई मध्यरातमा आएको बाढीले बेपत्ता बनाउला भन्ने बाह्रबिसे नगरपालिका–५ जम्बुका दावा तामाङले कल्पना पनि गरेका थिएनन्। मजदुरी गरेर आमालाई खुसी बनाउन घरनजिकै गाउँको विद्यालय निर्माणको काममा गएका दावा मध्यरातमा आएको ठूलो आवाजसँगै बेपत्ता भएकी आमालाई खोज्न बाढीले बगाएको आफ्नो घरआसपास घुमिरहेका छन्।

    साँझ मात्रै आमासँग फोनमा गफ गरेर आफू केही दिनपछि मात्र घर आउने बताएका दावाको आमासँगको अन्तिम संवाद नै त्यही बन्यो। आफू बसेको गाउँबाटै बुधबार मध्यरातमा ठूलो आवाज आएको सुनेर दौडिएर आएका दावाले न आमा भेटे न भूकम्पपछि पुनर्निर्माण गरेको घर नै। बिहानसम्म आमा कतै भेटिने आशामा रहेका दावा दिन ढल्दै जाँदा पनि सम्पर्कमा नआएपछि जीवित भेटिने आशा मार्न थालेका छन्। ‘आमाको श्वास भेटिने आशा त मर्‍यो कम्तिमा लास भेटे पनि मनमा सन्तोष त हुन्थ्यो’, दावाले टेलिफोनमा भने, ‘बुधबार रातको पानी हाम्रो लागि अभिशाप बनेर आएको रहेछ।’ दावा मात्र हैन, बेपत्ता भएकाको परिवारका सदस्य अहिले यही भन्न थालेका छन्।

    अविरल वर्षाले राजमार्गमा पर्ने जम्बु बजार माथिबाट आउने याल्मो खोलामा लेदो सहितको बाढी आएर बस्तीमा पस्दा झन्डै १५ घर बगाएको थियो। बाढीमा परेर दुईजनाको मृत्यु भयो भने १८ जना अझै बेपत्ता छन्। बाढीमा परेका सहकर्मी इन्जिनियर आकाश केसी भेटिने आशामा शुक्रबार राजधानीबाट यमन भुषाल बाह्रबिसे आएका छन्। राजधानी आउँदा आफ्नैमा बस्ने केसी अझै भेटिन्छ कि भन्ने उनलाई आशा छ। दाङको तुलसीपुरमा रहेका आकाशका बाबुआमालाई ऊ सम्पर्कविहीन मात्र भएको खबर पठाइएको छ। राति बजारमा बाढी आएपछि भाग्ने क्रममा बेपत्ता भएका आकाशसँगै जाइका परियोजनाअन्तर्गत पुनर्निर्माण कार्यमा खटिएका इन्जिनियर सुशिल पन्थीले बताए।

    ‘ठूलो आवाजसहित बाढी बस्तीमा पसेपछि भाग्ने प्रयास गर्दा आकाश हरायो’, पन्थीले भने, ‘ऊ हराउनु अघिसम्म हामी सातैजना सँगै थियौं।’ पन्थीका अनुसार सबैजना भाग्न खोज्दा सडकमै बाढी आएपछि सबै पुनः घरभित्र पसे तर आकाश आएनन्। बाहिर निस्केर ठूलो आवाजमा कराउँदासमेत आकाश नआएपछि बिहान भेटिने आशामा बाँकी ६ जना सुरक्षित स्थानतर्फ लागे। ‘तर, बिहान मात्र होइन, सिंगो दिन बित्दासमेत आकाश सम्पर्कमा आएनन्’, पन्थीले भने।

    बुधबार राति जम्बु र बुल्कोटमा आएको बाढीले बेपत्ता बनाएका २२ जना कोही पनि शुक्रबार साँझसम्म नभेटिएको स्थानीय प्रशासनले जनाएको छ। बाह्रबिसेदेखि नै बाढीस्थलसम्म पुग्ने अरनिको राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएकाले बेपत्ता खोजी तथा पीडितलाई राहत पुर्‍याउन समस्या भएको हो। निरन्तरको वर्षाका कारण सडक सुचारु गराउन नसक्दा राहत पुर्‍याउन र बेपत्ताको खोजी गर्न ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

    बाढीले मानवीय क्षति पुर्‍याएको जम्बु पुग्नुभन्दा करिब तीन किलोमिटर ओरैको खागदल खोलामा गएको पहिरोले अरनिको राजमार्ग अवरुद्ध बनाएकाले बेपत्ताको खोजीका लागि स्काभेटर पठाउन कठिन भएको ढकालले बताए। ‘घटनास्थलसम्म पुग्न स्काभेटरलाई सडकको ट्रयाक खोल्ने काममा लगाएका छौं’, प्रजिअ ढकालले भने, ‘जति सक्दो छिटो सडकको ट्रयाक खोलेर स्काभेटर बेपत्ताको खोजीका लागि घटनास्थल पठाउने प्रयास गरिरहेका छौं।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑