• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फेसबुक लाइभ गरेर आत्महत्या : बेलैमा ध्यान दिएमा बचाउन सकिन्छ

  • वीरगंज संजाल
  • २७ असार २०७७, शनिबार ०९:४७
  • ९५६५

    घटना १ : उदयपुर घर भइ काठमाण्डौ मनमैजुमा बस्दै आएकी २३ वर्षीया शर्मिला मगर गएको शनिबार मध्यरातमा फेसबुक लाइभमा आइन् । त्योभन्दा पहिले उनले जीवनमा बाँच्न नचाहेको भन्दै टिकटक बनाएर पोस्ट गरिन् । फेसबुक लाइभमा हात र कपाल मात्र देखिन्थ्यो । तर पूरै अनुहार देखिएको थिएन । शर्मिला लाइभ आएको उनको दिदी र छोरी नाता पर्नेले देखेका थिए । तर  पनि कसैले वास्तै गरेनन् । किनकी शर्मिला पहिले पनि रुँदै लाइभमा आएर आत्महत्याको कुरा गर्थिन् ।

    सधै लाइभमा आएर जीवनप्रति दिक्क लागेको बताउने शर्मिलाले शनिबार भने लाइभ गरेरै आफ्नो ‘लाइफ’को अन्त्य गरिन् । घटना रातिको भए पनि पछिल्लो दिन बिहान मात्र थाहा भयो । सधैं बिहानै तरकारी पसल खोलेर बस्ने शर्मिला आइतबार बिहान ७ बजेसम्म नउठ्दा कोठा वरपरका मान्छेले बोलाए । तर शर्मिला बोलिनन् । स्थानीयले झ्यालबाट हेर्दा शर्मिलालाई झुण्डिएको अवस्थामा देखे । उनीहरुले बालाजु प्रहरीलाई फोन गरेको तारकेश्वर नगरपालिका ९ का वडाध्यक्ष बलाराम सिटौलाले बताउनुभयो ।

    सिटौलाका अनुसार शर्मिलाको घर उदयपुरको नरेगढी गाउँपालिका वडा नं. ३ हो । उनी श्रीमानसँगै काठमाण्डौ आएकी थिइन् । श्रीमान श्रीमती दुवै ज्यामी काम गर्थे । उनीहरुबीच सम्बन्ध राम्रो नरहेको आफन्तहरु बताउँछन् । करिब ९ महिना पहिलेदेखि उनी श्रीमानबाट छुट्टै बस्दै आएकी थिइन् ।

    घटना २ : केही दिनअघि चितवनको भरतपुरमा पनि १९ वर्षीया किशोरीले फेसबुकमा लाइभ गर्दे आत्महत्या गरिन् । १९ वर्षीया विद्या पाण्डे राति करिब ९ बजे तिर फेसबुक लाइभमा आइन् । उनले लाइभमा आएर यताउति हेरिन् । कोठाभित्र एउटा कुर्सी खोजिन् । कुर्सीमा चढेर सल पंखामा झुण्ड्याइन् । कुर्सीमा उभिएर पहिलो पटक सल पंखामा नअडेपछि सोफामा चढेर अड्याउने प्रयास गरिन्, तर पनि भएन । तीन चार पटकको प्रयासपछि सलले पंखामा झुण्डिएर आत्महत्या गरिन् । उनले यसो गरेको लाइभ भिडियोमा देख्न सकिन्छ ।

    चितवन प्रहरीका अनुसार उनी भरतपुरको स्याउले बजारमा साथीसँग बस्दै आएकी थिइन् । कोठामा कोही साथीहरु नभएको बेला फेसबुक लाइभमा आएर आत्महत्या गरेकी विद्या ब्यूटीपार्लर र अनलाइन व्यवसायको काम गर्दै आएकी थिईन । विद्याले किन आत्महत्या गरिन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    घटना ३ : दाङको तुल्सीपुर उपमहानगरपालिकाकी २३ वर्षीया एलिसा गौतमले पनि यसैगरी आत्महत्या गरिन् । गएको बुधबार फेसबुक लाइभ गर्दै उनले कोठाभित्रै पंखामा पासो लगाएर झुण्डिइन् । एलिसाले भिडियोमा रुँदै दुईहात जोडेर नमस्कार गरेको देखिन्छ । लगत्तै उनी कान समाउँछिन र माफ मागेर कोठाभित्र रहेको स्टुल समात्छिन् । अनि स्टुलमाथि चढेर पंखामा पासो लगाएर आत्महत्या गर्छिन् ।

    एलिसाको २०७० सालमा रोल्पामा बिहे भएको थियो । बिहे भएको एक वर्षपछि छोरी जन्मिन् । छोरी जन्मेको अर्को वर्षपछि घरमा सम्बन्ध राम्रो भएन । उनी छोरी छोडेर माइतीमै बसिरहेकी थिइन् । त्यसको केही महिनापछि फेरि रोल्पामै अर्को बिहे गरिन् । तर एलिसाको त्यो घर पनि टिकेन । त्यसपछि उनी माइतीघर दाङमै बस्न थालिन् । उनका आमाबुवा भने भारत रहेको प्रहरीले जनाएको छ ।

    प्रहरी भन्छ : ठाउँ पत्ता लगाउनै गाह्रो

    एक हप्तामा तीन जनाले फेसबुकमा लाइभ गरेर आत्महत्या गरे । यसरी फेसबुक लाइभमा आएर आत्महत्या गर्ने घटना नौलो नभएको प्रहरीको भनाइ छ । योभन्दा पहिले पनि फेसबुक लाइभमा आएर आत्महत्या गरेका घटना भएका थिए । तर अहिलेसम्म कतिले यसरी आत्महत्या गरे भन्ने तथ्याँक नरहेको प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता निरज शाही बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, ‘कसैले लाईभ गरेर आत्महत्या गर्छ गरेको खबर पाए हामी जान्छौं, तर कोठाभित्रको घटना भएकाले कुन ठाउँ, कुन घर भनेर खोज्नै गाह्रो हुन्छ । ’ गएको बुधबार दाङमा भएको घटनाबारे पनि प्रहरीलाई पहिल्यै खबर आएको थियो । तर लोकेशन पत्ता लगाउन ढिलो हुँदा उद्धार गर्न नसकिएको साइबर ब्युरोका एसएसपी नविन्द्र अर्यालले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘सूचना पाइसकेपछि फेसबुकको आधिकारिक टिमसँग समन्वय गर्‍यौं र घटना कुन ठाउँमा भएको हो भन्नेबारे थाहा पायौं । त्यसपछि घटना भइरहेको छिमेकीलाई खबर गर्‍यौं, तर छिमेकीले अलि तदारुकता देखाइ दिनुभएन । र बचाउन सकिएन । नभए त हामीले पहिले यसरी पनि बचाएकै थियौं ।’ आत्महत्या गर्नेले कुनै न कुनै रुपमा संकेत दिएकै हुन्छ

    डा. शालिग्राम भट्टराई, चिकित्सा मनोविद्

    ​मान्छेले एउटै कुरोले मात्र आत्महत्या गर्दैन । आत्महत्या गर्ने विभिन्न कारणहरु हुन्छन् ।  रक्सी खाने मान्छेले पनि आत्महत्या गर्छ । लागूपदार्थ दुव्र्यसनीले पनि गर्छ । कडा खाले मानसिक समस्यामा परेकाहरुले पनि गर्छ । लामो समयसम्म डिप्रेशनमा गएकाहरु चिन्ताले, आवेगमा आएर आत्महत्या गर्छन् भने कसैलाई केही समस्या नै छैन भने पनि उसले आत्महत्या गर्छ ।

    कसैले झुण्डिएर, कसैले नदीमा हाम फालेर, कसलै विष खाएर आत्महत्या गर्छन् । आत्महत्याका धेरै तरिका हुन्छन् । आवेशमा आएर आफूलाई कन्ट्रोल गर्न नसकेर नै मान्छेले आत्महत्या गर्छन् । आत्महत्या रोक्नको लागि सबैभन्दा ठूलो कुरा भनेको सचेतना हो । मानसिक समस्या के हो ? यसबाट कसरी बच्ने भन्ने कुरा सानैदेखि सिकाउनुपर्छ । विद्यालयमा शिक्षक, घरमा अभिभावकले यो विषयमा सचेत गराउन सकियो भने आत्महत्याका घटनाहरुलाई सजिलै रोक्न सकिन्छ ।

    अर्को कुरा आत्महत्या गर्ने मान्छेले कुनै न कुनै संकेत देखाउँछ नै । कसैलाई जिन्दगी बेकार जस्तो लाग्छ  । बाँच्न मनै लाग्दैन, मर्न पाए हुन्थ्यो भन्छन् । कसैले म आज यति बजे यसरी मर्दैछु पनि भन्छ । अनि कसैले लिएको ऋण तिर्नुछ भने तिर्छ, मन परेको मान्छेलाई पनि भेट्छ र अन्त्यमा आत्महत्या गर्छ । त्यस्ता व्यक्तिको कुरा समयमै बुझ्न सक्यो र उसलाई सम्झाइबुझाइ ग¥यो भने बचाउन सकिन्छ ।आत्महत्या गर्नुको कारण यही नै हो भन्ने नभए पनि परिवार, साथीभाइ आफन्तले उसको कुरा ध्यान दियो र बुझाउन सक्यो भने बचाउन सकिन्छ । यसका लागि सबैभन्दा ठूलो भनेको जनचेतना नै हो ।

    कुरा सुने मात्रै पनि आत्महत्या रोक्न सकिन्छ : स्मृति घिमिरे, मनोविद

    ​हाम्रो समाजमा आत्महत्याको विषयमा बोल्नु हुन्न, यस्ता कुराहरु गर्‍यो र बाहिर ल्यायो भने घटना झनै बढ्छन् भन्ने सोच छ । त्यसो हैन । यो विषयमा झन गहन रुपमा बोल्नुपर्छ । आत्महत्याका विषयमा जति बोल्न सक्यो,  उति नै यस्ता घटना न्यूनीकरण हुन्छन् ।  कसैले मलार्ई बाँच्न मन छैन भने उसँग यो विषयमा बोल्दा झनै डरलाग्दो अवस्था आउँछ कि भन्ने ठान्यौं र बोलेनौं भने यो गलत हो ।
    आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै ठाउँबाट अभिव्यक्ति दिएकै हुन्छ ।

    फेसबुक लाइभकै कुरा गर्दा पनि उहाँहरुले कुनै न कुनै तरिकाबाट भन्न खोज्नुभयो । तर ठाउँ पाउनुभएन । उनीहरुको मनभित्रको कुरा सुनिएन । आफ्नो कुरा धेरै सामु पुगोस् भनेर नै उहाँहरुले फेसबुकमा लाइभ गरेर आत्महत्या गर्नुभएको हो । मेरो कुरा धेरै मान्छेले सुनिदिउन् भनेर पनि यसो गरिन्छ ।

    अहिले फेसबुक भनेको आफ्नो मनको भावना अभिव्यक्त गर्ने ठाउँ बनेको छ । जहाँ तपाई देख्न सक्नुहुन्छ,  आफ्ना मनका भावनाहरु मान्छेले फेसबुकमा पोष्ट गरेका हुन्छन् । यहाँ यो विषयमा किन कुरा गरिस् भनेर कसैले नरोक्ने भएकाले फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा एकोहोरो मनको बेदना पोष्ट गर्न सकिन्छ । र उनीहरुको स्टाटस र शेयर गर्ने कुरा पनि उस्तै हुन्छन् ।

    आत्महत्या भनेको अन्तिम अवस्था हो । त्योभन्दा पहिले उसलाई भइरहेको गाह्रो, अप्ठ्यारोमा साथ दिनुपर्‍यो । के कारणले यस्तो भएको हो भनेर सोधीखोजी गर्नुपर्‍यो । जीवनप्रति आस्था नहुने, आफ्नो कोही छैन, मेरो जीवनको कुनै मोल छैन भन्ने सोच्ने कारणले मान्छे आत्महत्या गर्छ । य उसको भावना सुनिदिने, बुझिदिने र तिम्रो लागि म छु मात्र भनिदियो भने बचाउन सकिन्छ ।
    म एक्लो छैन, मसँग कोही छ भन्ने सानो आशाको किरण दिन सकियो भने मात्रै पनि बचाउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ
  • सुनचाँदीको मूल्य घट्यो
  • यी हुन् बदाम खानुका ६ फाइदा
  • अनार खानुका १० फाइदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    News

    सुनचाँदीको मूल्य घट्यो

    News

    यी हुन् बदाम खानुका ६ फाइदा

    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑