यसैगरी नेपालस्थित भारतीय दूतावासले पनि ट्वीट गर्दै नेपालका बिभिन्न जिल्लामा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।‘सिन्धुपाल्चोकलगायत नेपालका बिभिन्न जिल्लामा बाढी र पहिरोको कारण भएको जनधनको क्षतिप्रति दुःखी छौं,’ भारतीय दूतावासले लेखेको छ, ‘आफन्त गुमाएका परिवारप्रति समवेदना र प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दछौं ।’
शुक्रबार साँझ ७ बजेसम्म नेपालका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता छन् । २६ जना घाइते भएका छन् ।बुधबार राति मात्रै सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोमा परेर २ जनाको मृत्यु भएको थियो भने २० जना वेपत्ता भएका छन् । बाढी पहिरोले पुल, सडकलगायतका भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ ।