वीरगंज। प्रधानमन्त्री केपी शर्माओली र नेपालका लागि चिनियाँ राजदूत होउ हान्छीबीच जोडेर ओलीकी इस्कियाु कार्यक्रम चलाउने भारतीय टेलिभिजन जी न्यूजले माफी मागेको छ। प्रधानमन्त्री ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर सर्वत्र विरोध भएपछि च्यानलले शुक्रबार माफी मागेको हो।
भारत र नेपालको सम्बन्ध सदैव मैत्रीपूर्ण रहेको छ। यी देशको सम्बन्ध सांस्कृतिक, राजनैतिक तथा ऐतिहासिक रुपमा बलियो छ। हामी नेपाली जनताको भावनाको आदार गर्छौं।
हाम्रो च्यानलमा त्रुटीले प्रशारित कार्यक्रम ओलीको इस्कियाबाट नेपाली जनताको भावनामा चोट पुगेको भए खेद व्यक्त गर्छौं,ु जी न्यूजले माफी माग्दै भनेको छ। घृणा फैलाउने कार्यक्रम सञ्चालन गरेको भन्दै बिहीबार नेपाली केबल अपरेटरहरुले केही भारतीय च्यानलहरु प्रशारणमा रोक लगाएका थिए।