वीरगञ्ज | वीरगञ्ज उद्योग वाणिज्य संघले एक घर एक व्यक्ति परिक्षण तत्काल सुचारु गर्न महानगरपालिकालाई अनुरोध गरेको छ ।वीरगञ्ज उद्योग वाणिज्य संघले महानगरपालिकाले पिसिआर मेसिन खरीद गरिसकेको खण्डमा पिसिआर परिक्षण अविलम्ब सुरु गर्न आग्रह गरेको हो ।यस क्षेत्रका स्थानिय, उद्योगी व्यापारी, नागरिक समाज, संघ संस्थाहरुको सहयोगमा महानगरले करिब एक महिना अघि पिसिार मेसिन खरीद गरिसकेको छ ।
तर, अझै परिक्षण सुरु नहुँदा उद्योग वाणिज्य संघले महानगरलाई तोकेता गरेको हो ।महानगरका मेयरले यस पुर्व घोषणा गरेको एक घर एक व्यक्ति जाँचलाई सुरुवात गर्दै परिक्षण अघि बढाउन संघले विज्ञप्ती मार्फत आग्रह गरेको जनाएको छ ।प्रोटोकल बाहेकका पिसिआर परिक्षणका लागि रु ५,५०० लाग्ने भन्ने समाचार सामाजिक सञ्जालमा देखिएकाले यस बारे सत्य तथ्य जानकारी गराउन पनि संघले महानगरलाई अनुरोध गरेको छ ।यस विषयमा वीरगञ्ज महानगरका मेयर विजय कुमार सरावगीले परिक्षण कार्य सुरु गर्न महानगरपालिका कार्यालय सकारात्मक रहेको बताएका छन् ।
नेपालपोष्टडेलिसँगको कुराकानीमा मेयर सरावगीले मन्त्रालयद्धारा जारी भएको पिसिआर शुल्कले आफुहरुको एक घर एक एक व्यक्ति जाँच अभियानलाई कुनै प्रभाव नपार्ने बताए ।पिसिआर परिक्षण सुरु गर्नका लागि आवश्यक तयारी भईसकेको र ४ देखि ५ दिनमै परिक्षण कार्य सुरु हुने मेयर सरावगीको भनाई छ ।आफुले उद्घोष गरेको अभियान एक घर एक व्यक्ति जाँचका लागि प्रतिबद्ध भएर लागेको जनाएका छन् ।यता वीरगञ्ज महानगरका स्वास्थ्य शाखा प्रमुख अरुण महतोले मौसम अनुकुल भएमा एक साता भित्रै परिक्षण सुरु गर्ने बताए ।
महतोले कोरोना परिक्षण अन्य परिक्षण जस्तो नभएका कारण सावधानी अपनाएर सुरु गर्न लागेको बताएका हुन् ।पिसिआर परिक्षण सुरु गर्न महानगरले नेपाली सेना सँग समन्वय गरेको र सेनाले परिक्षणका लागि एउटा समुह तयार पारिसकेको जनाएको छ ।एक घर, एक व्यक्ति जाँच अन्तर्गत महानगर भित्र करिब ५० हजार परिक्षण गर्ने आफुहरुको लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख महतोको भनाई छ ।शुक्रबार स्थानिय सरकारलसँग छलफल गरेको र नागरिक समाजसँगको छलफल पछि प्रक्रिया थप अगाडि बढाउने उनले बताए ।
परिक्षणमा ठुलो लागत लाग्ने भएकाले कम खर्चमा बढी लाभ लिन सकिने विकल्पहरुको पनि खोजी कार्य भईरहेको उनले बताएका छन् ।