पर्सा। प्रदेश न:२ पर्साको ठोरी गाउँपालिका वडा न-३ शिकारी बाँस मा जङ्ग्ली हातिले आतङ्क मचाउन थालेको छ।किशान हरुले लगाएको चैते धान काटेर घरमा भित्र्याइ सक्दा पनि हातिले दिन्हु राती घरमा समेत क्षेती पुर्याउन थालेको छ।
हिजो मध्य राति को समयमा स्थानिय शम्भु चौधरी र स्थानिय पल्ट्न चौधरी को घरमा जङ्ग्ली हाती आएर घर भत्काउनु को साथै घरमा भएको खाना पकाउने भाडोकुडा कुल्चिएर नष्ट पार्नुको साथै घरमा समेत भित्र पसेका थिए। हाती एक्कासी घर को बार भत्काउन थाले पछि घरमा सुतेका घर मुलि चाल पाएर होहल्ला गरेर स्थानिय भेला भएका स्थानिय हरु हल्लाखल्ला गरेर हातिलाइ जङ्ग्ल तिर धपाउन सफल भयो।
साथै भाडो मा भएको १०/१५ किलो बराबरको दाल खानुको साथै छरेर नष्ट पारेका हुन।साथै घरमा भएको ५ कुविन्टल बराबर को धान खाएर नष्ट पारेका र २ ओटा कुर्सी समेत भाचिदिएको कुरा स्थानिय पिडित शम्भु चौधरी ले जानकारी दिनु भयो।
यति मात्र नभएर रातभरी जङ्ग्ली हाती ले यस शिकारी बाँस बस्ति नै आतङ्कित मचाउछ्न।र किशान हरुले चैते धान काटेर मङ्गसिरे धान को लागि खेतमा राखिएको बिउँसमेत कुल्चिएर नष्ट गरेका छन ।यस्ता धेरै किसिमका समस्या हरु भोगेर बसेका छ्न यहाका स्थानिय बासिहरुले।