• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एउटा फोनको मूल्य ५ अर्ब, यी हुन् संसारका सबैभन्दा महँगा १० मोबाइल फोन

  • वीरगंज संजाल
  • २६ असार २०७७, शुक्रबार ०८:३६
  • ४९०५

    तपाईंले कति मूल्यको फोन बोक्नुहुन्छ ? आफ्नो फोन निकै महँगो छ भनेर घमण्ड गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने एकपटक सोच्नुहोस् ।किनकि यो संसारमा केही त्यस्ता फोन छन् जसको मूल्य करोडौँ रुपैयाँ पर्दछ, जुन आम सर्वसाधारणको कल्पनाभन्दा पनि बाहिर हुन्छ ।अहिले बजारमा रहेका विश्वका सबैभन्दा महंगा मोबाइल फोनमध्ये टपटेन महँगा फोनको सूची यस्तो छ :

    १ . “alcon Supernova iPhone 6 Pink Diamond : फाल्कोन सुपरनोभा आइफोन सिक्सको गुलाबी हिरा संस्करणको स्मार्टफोन अहिले विश्वको सबैभन्दा महंगो मोबाइल फोन हो । यसको मूल्य कल्पना भन्दा बाहिर अर्थात् ४ करोड ८५ लाख डलर अर्थात् ५ अर्ब रुपैयाँभन्दा धेरै पर्दछ । सन् २००४ मा आएको आइफोन सिक्सको कस्टमाइज्ड मोडलको रुपमा रहेको फाल्कोन सुपरनोभा फोनलाई चौबिस क्यारेस सुनले छोपिएको छ र पछाडिको भागमा एउटा ठूलो टुक्रा गुलाबी हिरा राखिएको छ । साथै यो आइफोनमा प्लाटिनम लेपन गरिएको छ र ह्याक प्रुफ टेक्नोलोजी रहेको छ, जसका कारण यो आइफोनलाई कसैले पनि ह्याक गर्न सक्दैन । रोचक त के भने विश्वकै टपटेन धनाढ्य मध्येका एक भारतीय अर्वपति मुकेस अम्बानीकी श्रीमती निता अम्बानीसँग पाँच अर्ब रुपैयाँ भन्दा बढी मूल्यको यो आइफोन रहेको छ ।

    २. Stuart Hughes iPhone 4s Elite Gold : विश्वको दोश्रो सबैभन्दा महंगो स्मार्टफोनको रुपमा रहेको आइफोन फोर एस को यस कस्टमाइज्ड फोनको मूल्य ९४ लाख डलर रहेको छ । स्टुआर्ट ह्युज कम्पनीको तयार पारेको आइफोनको यो मोडेल हस्तनिर्मित हो । जसमा पाँचवटा एकसय क्यारेटका हिराका टुक्रा जडित गरिएको छ । फोनको पछाडिको भाग तथा लोगो चाहिँ चौबिस क्यारेट सुनले बनाइएको छ । एप्पलको लोगोमा ५३ वटा हिराको टुक्रा पनि रहेका छन् । त्यस्ते होम बटनमा चाहिँ ८.६ क्यारेटको सिंगल कट हिरा राखिएको छ ।

    ३. Stuart Hughes iPhone 4 Diamond Rose Edition : विश्वको तेश्रो सबैभन्दा महँगो मोबाइल फोनसमेत आइफोन नै हो जसलाई स्टुआर्ट ह्युज कम्पनीले कस्टमाइज गरी उत्पादन गरेको हो । आइफोन फोर डायमण्ड रोज संस्करणको यो फोनको मूल्य ८० लाख डलर रहेको छ । अहिलेसम्म यो मोडेलका केवल २ वटामात्र फोन उत्पादन गरिएको छ र दुवै अर्डर बमोजिम ग्राहकको माग अनुसार नै कस्टमाइज्ड गरिएको हो । यो फोन गुलाबी सुनले बनेको छ जसमा ५ सयवटा एकसय क्यारेटका हिरा जडित छन् । त्यस्तै एप्पलको लोगो ५३ वटा हिराबाट बनाइएको छ । त्यस्तै होम बटनमा ७.४ क्यारेटको सिंगल कट डायमण्ड राखिएको छ ।

    ४. Goldstriker iPhone 3GS Supreme  : स्टुआर्ट ह्युजकै डिजाइन रहेको यो फोन विश्वको चौथो महँगो फोन हो र यसको मूल्य ३२ लाख डलर रहेको छ । यो फोनमा २२ क्यारेटको २ सय ७१ ग्राम सुन प्रयोग गरिएको छ ।

    ५.iPhone 3G Kings Button : आइफोन थ्री जी किंग्स बटन फोन विश्वको पाँचौँ महँगो फोन हो । यसको मूल्य २५ लाख डलर रहेको छ । अष्ट्रियन डिजाइनर पिटर एलिसलनले डिजाइन गरेको यो फोनमा १८ क्यारेटको पहेँलो, सेतो र गुलाबी सुन प्रयोग गरिएको छ ।

    ६ .Diamond Crypto Smartphone : १३ लाख डलरको यो फोन कुनैबेला विश्वकै सबैभन्दा महँगो फोनको रुपमा पहिलो स्थानमा थियो । तर अहिले छैटौँ स्थानमा रहेको छ । एलोइसोनले डिजाइन गरी जेएससी एंकोर्ट कम्पनीले उत्पादन गरेको यो फोनको अधिकांस हिस्सा प्लाटिनमले बनेको छ । त्यस्तै फोनको लोगो र होम बटन चाहिँ गुलाबी सुनले बनेको छ । त्यस्तै फोनमा पचासवटा हिराका टुक्रा राखिएका छन् जसमध्ये १० वटा दुर्लभ निलो हिरा छन् । यसका अलावा यो फोनमा एउटा सानो बहुमूल्य काठको टुक्रा पनि राखिएको छ ।

    ७ . Goldvish Le Million : प्रसिद्ध लक्जरी ब्राण्ड गोल्डफिसले उत्पादन गरेको ले मिलियन नामक फोन विश्वको सातौँ महंगो फोन हो । यसको मूल्य १० लाख डलर रहेको छ । यो फोन विश्वचर्चित घडी तथा गहना डिजाइनर इमानुएल गुएटले डिजाइन गरेका हुन् । यो फोनमा १८ क्यारेटको सेतो सुनका साथै १२० क्यारेटका भिभिएस वान ग्रेड हिरा रहेको छ । यो फोन अहिलेसम्म केवल ३ वटामात्र उत्पादन भएको छ ।

    ८ . Gresso Luxor Las Vegas Jackpot : ग्रेस्सो कम्पनीको लस भेगास ज्याकपट नामक फोन विश्वको सबैभन्दा महंगो फोनको सूचीमा आठौँ स्थानमा छ । यसको मूल्य १० लाख डलर रहेको छ । कम्पनीले यो मोडेलका केवल ३ वटा मात्र फोन उत्पादन गरेको थियो र तीनवटामै युनिक नम्बर राखिएको थियो । यो फोनमा १८० ग्राम सुन तथा ४५.५ क्यारेटको कालो हिरा प्रयोग गरिएको छ ।

    ९ . Goldvish Revolution :  चर्चित स्विडिस ब्राण्ड गोल्डविसको यो फोनको मूल्य चार लाख ८८ हजार १५० डलर रहेको छ । यो फोनको डिजाइन निकै अनौठो रहेको छ । सेतो र गुलाबी सुनबाट बनेको यो फोनमा सुनका अलावा हिरा, लेदर तथा काँचको प्रयोग गरिएको छ ।

    १०. Virtue Signature Cobra : तीन लाख १० हजार डलर मूल्यको यो फोन विश्वको दशौँ सबैभन्दा महँगो फोन हो । भर्चु कम्पनीको यो डिजाइनको फोन जम्मा ८ वटामात्र उत्पादन गरिएको छ । फ्रेन्च कम्पनी बोचेरोन भर्चु कम्पनीले डिजाइन गरी बेलायतमा हस्तनिर्मित यो फोनमा सुन लेपन गरिएको छ । यसमा ४३० वटा रुबी प्रयोग गरिएको छ । यो फोन पनि केबल ८ वटामात्र उत्पादन गरिएको छ ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑