• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गरिबी निवारण कोषका सातवटा गाडी नै गायब : कम्प्युटर, सोफा, कुर्सी, पंखा, हिटरदेखि टी–टेबल र ह्वाइटबोर्डसम्मका एक हजार १५ जिन्सी सामान चोरी

  • वीरगंज संजाल
  • २५ असार २०७७, बिहीबार ०८:५२
  • ४४०५

    गरिबी निवारण कोषका सातवटा गाडी नै गायब : ६५ ल्यापटप, २८ कम्प्युटर, ३३ प्रिन्टर, ५० क्यामेरा, ७८ हार्डडिस्क, १०९ पेनड्राइभ, १६० कुर्सी, ४० टेबल, ५१ पंखा, १६ हिटरदेखि ह्वाइटबोर्डसम्मका एक हजार १५ जिन्सी सामान कोषको कार्यालयबाट चोरी‪

    गरिबी निवारणका लागि विश्व बैंक र सहयोगी दातृ निकायबाट आएको २९ अर्ब अनुदानबाट कति गरिबको जीवन उत्थान भयो भन्ने यकिन छैन । कोषले नै आफ्नै कार्यक्रमको अनुगमन गरेको छैन । तर, पदाधिकारी र कर्मचारीको जीवन उत्थान भएको मान्न सकिन्छ किनकि कोषको कार्यालयबाट पेनड्राइभ, ल्यापटप, कुर्सी, सोफा, ग्यास सिलिन्डर र हिटरदेखि मोटरसाइकल र गाडीसमेत गायब भएका छन् ।

    अनुदानमा आएको २९ अर्बमध्ये १० अर्ब प्रशासनिक काममा खर्च भएको र लगानी भएको भनिएको १९ अर्बको पनि जवाफदेही कोही नभेटिएको भनेर राष्ट्रिय सतर्कता केन्द्रले नै थप छानबिनको सिफारिस गरेको छ । केन्द्रको छानबिन समितिले कोषमा भएको बेथिति उजागर गर्दै भनेको छ– कोषको कार्यालयबाट सातवटा गाडीसहित एक हजार १५ जिन्सी सामान नै गायब गरिएका छन् ।

    गरिबी निवारण कोषको आ.व. ०६२/६३ देखि ०७४/७५ सम्मको जिन्सी निरीक्षण प्रतिवेदनमा जम्मा दुई हजार चार सय ३१ प्रकारका जिन्सी सामग्री रहेको रेकर्डबाट देखिन्छ । तर, तीमध्ये एक हजार १५ सामान कोषबाटै गायब गरिएको ठहर छानबिन समितिको छ । यसरी गरिबको नाममा आएको अनुदानबाट किनिएका चार करोड १४ लाख ७२ हजार दुई सय ४८ रुपैयाँका सामान कसले लग्यो ? यस विषयमा छानबिन समितिले गम्भीर प्रश्न उठाएको छ ।

    छानबिनले कोषमा आश्चर्य लाग्ने गरी अनियमितता हुने गरेको उजागर गरेको छ । यतिसम्म कि कोषमा पंखा, टी–टेबल, ह्वाइटबोर्ड, कुर्सी, प्रिन्टर, सोफा, र्‍याक, टेलिफोन, मोबाइल, क्यालकुलेटर, पेनड्राइभ, कम्प्युटर, ल्यापटप, क्यामेरा, ग्यास सिलिन्डर, स्पिकर, हिटरलगायत सामान नै गायब भएको फेला पार्‍यो । 

    सतर्कताको प्रतिवेदनअनुसार कोषबाट दुई करोड ३२ लाख ९४ हजार रुपैयाँ मूल्यका गाडीसमेत गायब छन् । ४३ लाख ९७ हजारका दरले किनिएका दुईवटा हुन्डाई टेरोक्यान जिप, ३६ लाखका दरले किनिएका तीनवटा निसान पिकअप, १८ लाखका दरले किनिएका दुईवटा टोयोटा इको कार गरी सातवटा गाडी कोषबाट गायब भएका छन् । त्यस्तै, ९९ हजार नौ सयमा किनिएको यामाहाको एउटा मोटरसाइकल पनि नभेटिएको प्रतिवेदनमा उल्लेख छ ।

    कोषका आर्थिक प्रशासन प्रमुख सुनील रिजालले राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदन नै गलत भएको दाबी गरेका छन् । उनले भने, ‘त्यतिवेला गलत रिपोर्ट भएको हो । आज किनेको सामान त भोलि हुँदैन भने ०६० देखिको अभिलेख राख्नु गाह्रो हुन्छ ।’ उनले गाडीहरू पनि नहराएको बताए । ‘हामीले दुईवटा गाडीमध्ये एउटा ओखलढुंगाको जिल्ला विकास समिति र अर्को फलेवास नगरपालिकालाई हस्तान्तरण गरेका छौँ भने एउटा मोटरसाइकल भूमि व्यवस्था मन्त्रालयलाई हस्तान्तरण गरेका छौँ,’ रिजालले भने ।

    तथ्यमा आधारित प्रतिवेदनअनुसार दोषीलाई कारबाही गर्नुपर्ने बताउँछन् छानबिन समितिका सदस्य बुद्धिराम खनाल । ‘प्राप्त तथ्य, प्रमाण र कागजातका आधारमा प्रतिवेदन तयार गरिएको छ । यसलाई पुष्टि गर्न हामीले विभिन्न जिल्लाको स्थलगत भ्रमण पनि गरेका हौँ । यससँग सम्बन्धित सबै तथ्य, कागजात र प्रमाण केन्द्रसँग सुरक्षित छ । हचुवाका आधारमा छानबिन गरिँदैन, प्रतिवेदन बनाइँदैन,’ उनले नयाँ पत्रिकासँग भने ।

    कोषले विपन्न जनताको हितका लागि कृषि, पशु र पक्षीपालन, सिलाइबुनाइ, स्थानीय स्रोत र कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगजस्ता आय वृद्धि, सीप विकास, रोजगारी सिर्जना अभिवृद्धि र उत्पादन वृद्धि कार्यक्रममा सहयोग गर्ने नीति लिएको थियो ।

    त्यस्तै आधारभूत स्वास्थ्य, साक्षरता, प्राविधिक शिक्षा, युवा रोजगार तालिम, साना सिँचाइ, साना पुल, झोलुंगे पुल, खानेपानी, सरसफाइ, ग्रामीण सडक, ग्रामीण ऊर्जा तथा वातावरणसम्बन्धी कार्यक्रमका नाममा पनि कोषको रकम परिचालन भएको थियो ।

    कोषले सामाजिक नक्साका आधारमा विपन्न घरधुरी पहिचान गरी रकम सहायता गर्ने नीति लिएको थियो । सतर्कता केन्द्रको प्रतिवेदन भन्छ, ‘नियमित आम्दानीले तीन महिनासम्म खान पुग्नेलाई क वर्ग, ६ महिनासम्म खान पुग्नेलाई ख वर्ग, वर्षदिनभन्दा कम खान पुग्नेलाई ग वर्ग, वर्षभरि खान पुग्नेलाई घ वर्गमा विभाजन गरेको थियो । तर, कार्यक्रम सुरु गर्दा कायम गरिएका क, ख, ग वर्गका घरधुरीमा भएको लगानीले परिस्थिति परिवर्तन भए–नभएको परीक्षण गरेको देखिँदैन ।’

    वैदेशिक अनुदानबाट कोष परिचालन गर्दा गरिबीको स्थितिमा परिवर्तन भयो कि भएन वा कार्यक्रमले गरिबलाई जीवनस्तर उकास्न सहयोग ग¥यो कि गरेन भन्ने अध्ययनसमेत नगरी वैदेशिक सहयोगको रकम खर्च गर्ने कार्यमा मात्र कोष अग्रसर भएको समितिको ठहर छ ।

    आफ्नै कार्यक्रमको प्रभावकारिता अनुगमन नगर्ने मात्र होइन, बरु कोषभित्र भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाएको विषयमा महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाउँदै आएको छ । महालेखाले हरेक वर्ष बेरुजु रकम औँल्याए पनि फस्र्योट गर्नेतर्फ कोषले ध्यान दिएको छैन । यसरी पदाधिकारीका तर्फबाट मात्र २५ करोड रुपैयाँ बेरुजु छ ।

    कोषमा भएको भ्रष्टाचारको मुद्दा सर्वोच्चमा, थप बेथिति अनुसन्धान गर्दै अख्तियार

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ फागुन ०७१ मा कोषका तत्कालीन कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । कार्यकारी निर्देशक श्रेष्ठसहित कोषका नौजना कार्यप्रबन्धक, दुई लेखा अधिकृत, प्रशासन तथा वित्त प्रमुख र लेखा सहायक एक–एकजनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष ०६६-६७ देखि ०६८-६९ सम्मको अवधिमा दुई करोड ७८ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।

    विशेष अदालतले ०७५ मा श्रेष्ठलाई दोषी ठहर गरेको थियो । फैसलामा चित्त नबुझेको भन्दै कार्यकारी निर्देशक श्रेष्ठ सर्वोच्च अदालत गएका छन् । ‘विशेष अदालतको फैसलाविरुद्ध ६–७ महिना पहिले सर्वोच्च अदालतमा गएको छु, फैसला आउन बाँकी छ,’ नयाँ पत्रिकासँग उनले भने ।

    श्रेष्ठ दुई कार्यकाल गरी १० वर्ष कोषको कार्यकारी निर्देशक भएका थिए । कार्यकारी निर्देशकबाट निवृत्त हुनु केही समयअघि मात्र उनीविरुद्ध अनियमितताको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

    कोषमा भएको अनियमितताका सम्बन्धमा अहिले अख्तियारले छानबिन गरिरहेको छ । अनियमिततामा संलग्न पदाधिकारीलाई बयान गराउनेदेखि कागजातको अध्ययन भइरहेको अख्तियार स्रोत बताउँछ । ‘प्रमाण संकलन गरी पदाधिकारीको बयान लिने काम भइरहेको छ । भ्रमण नै नगरी टिकटको भुक्तानी दिने र नक्कली बिलहरूमा भुक्तानीको विषयमा गम्भीरताका साथ अनुसन्धान भइरहेको छ,’ आयोगका एक अधिकारीले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑