– सार्वजनिक स्थल र सवारीसाधन नखुल्दा तिनमा हुने खर्च त बढेको छ । यतिवेला घरायसी खर्च भने बढेको छ ।
– खाद्यान्न, इन्टरनेटसँगै मोबाइल, कम्प्युटरजस्ता उपकरणका लागि हुने खर्च उकालो लागेको छ । यस पाटोमा खर्च घटाउनु जरुरी छ ।
– अर्थोपार्जनका क्षेत्र ठप्प रहँदा दैनिक उपभोग्य वस्तुको खर्च भने बढ्दो छ । घरमा बसिरहँदा मानिस अझ विलासी बनेका छन् ।
– यस्तो बानीले पैसा र खाद्यान्न अभाव झेल्नुपर्ने अवस्था आउन सक्नेमा सचेत रहनुपर्छ । यसलाई मनन गर्दै नगद र खाद्यान्नको उचित व्यवस्थापन जरुरी छ ।
– कोरोनाको मात्र चिन्ता गरेर नबसौँ । फुर्सदको समयलाई आफ्नो सीप र क्षमता बढाउनेमा केन्द्रित गरौँ । जति सिर्जनशीलता अपनायो, त्यति नै आर्थिक संकटबाट बाहिर निस्किन सकिन्छ ।
– यो महामारीले आय आर्जनका लागि एकै क्षेत्रमा सीमित हुनु ठीक नहुने सन्देश दिएको छ । यसबाट पाठ सिक्दै आफ्नो गच्छेअनुसार लगानीको दायरा बढाऔँ ।