वीरगंज | विश्वभर कोरोना संक्रमणदर झन् तीब्र बन्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख १२ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ।यो एकै दिन पुष्टि भएको भएको अहिलेसम्मकै ठूलो संख्या हो।पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ६१ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ। त्यसपछि ब्राजिल र भारतमा संक्रमणदर उच्च छ।
गएको २४ घण्टामा ब्राजिलमा ४१ हजार पाँच सय ४१ जनामा संक्रमण देखिएको छ भने भारतमा २५ हजार पाँच सय ७१ जनामा संक्रमण देखिएको वर्ल्डओमिटरमा उल्लेख छ।पछिल्लो २४ घण्टामा रुस र मेक्सिकोमा ६/६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा विश्वभर संक्रमणको कारण पाँच हजार चार सय ९६ जनाको मृत्यु भएको छ। यो सँगै विश्वभर संक्रमणको कारण ज्यान गुमाउनेको संख्या पाँच लाख ५१ हजार एक सय ७० पुगेको छ।गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार एक सय ८१ जनाको संक्रमणको कारण मृत्यु भएको छ।
त्यसैगरी मेक्सिकोमा आठ सय ९५, अमेरिकामा आठ सय ७३, भारतमा चार सय ९१, रुसमा एक सय ७३, पेरुमा एक सय ८१, चिलीमा एक सय ३९, बेलायतमा एक सय २६, इरानमा एक सय ५३, दक्षिण अफ्रिकामा एक सय, कोलम्बियामा एक सय ६८ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्।