• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपेन्द्र र बाबुरामलाई प्रश्न : पञ्चायतकालीन निकृष्ट कार्य कसरी गर्नुभयो ?

  • वीरगंज संजाल
  • २४ असार २०७७, बुधबार २१:४९
  • ३२०९

    काठमाडौं । समाजवादी पार्टीले आफ्ना पार्टीका सांसद सरिता गिरीलाई कारवाही गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । समाजवादी पार्टीको हिजो बसेको कार्यकारीणी समितिको बैठकले गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टीबाट कारवाही गरेपछि उनको संसदको पद स्वतः खारेज हुने पुगेको छ । सांसद गिरीलाई कारवाही गरेको बारेमा संसद सचिवालयलाई आज जानकारी गराएको छ ।

    तर पार्टीले गिरीलाई यसरी कारवाही गरेपछि तराई मधेशमा त्यसको आलोचना भइरहेको छ । सो कारवाही फिर्ता लिन आग्रह गरिरहेका छन् भने कसैले यो खालको निर्णयले तराई मधेशको अपमान पनि भएको भनेका छन् ।

    सरिता गिरीमाथि कारवाही गरेर समाजवादी पार्टीले अक्षम्य अपराध गरेको टिप्पणी राजनीतिक विश्लेषक तुलानारायण साहले गरेका छन् । पार्टीलाई गिरीले जसरी कारवाही गरेको छ, त्यसले गर्दा मधेशी समाजवादीले उचित समयमा यसको मूल्यांकन गरिने पनि बताएका छन् ।

    मधेश मामिलाका जानकार एवं पूर्व राजदूत विजयकान्त कर्णले सरिता गिरीलाई पार्टीले गरेको कारवाहीप्रति आपत्ति प्रकट गरेका छन् । उनले यस्तो अलोकतान्त्रिक, अनैतिक र जनविरोधी पंचायतकालिन निकृष्ट कार्य कसरी गर्नुभयो भनि अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवलाई प्रश्न पनि गरेका छन् ।

    उनले अध्यक्षद्वय भट्टराई र यादवलाई यो दलको लोकतान्त्रिक औचित्यमाथि प्रश्न उठ्ने र उनीहरु नैतिक र लोकतान्त्रिक चरित्रमाथि प्रश्न उठ्ने पनि धारणा राखेका छन् । राजनीतिक विश्लेषक चन्द्रकिशोरले समाजवादी पार्टीले सरिता गिरीलाई कारवाही गरेर ठूलो गल्ति गरेको प्रतिकृया दिएका छन् । उनले संसदमा अभिव्यक्ति स्वतन्त्रता हुनुपर्ने बताउँदै कसैले आफ्नो अन्तरआत्माको कुरा त्यहाँ बोल्न पाउनुपर्छ, कुनै प्रकारको रोकटोक हुनु नपर्ने बताए । अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनुपर्ने उनले बताए ।

    उनले यसअघि तत्कालीन माओवादी केन्द्रका नेता प्रभु साह र काँग्रेसका नेता प्रदीप गिरीले पनि संविधानसभामा पार्टीको ह्वीप उल्लंघन गरेका थिए । उनीहरु संविधान निर्माणका दिन संसदमा उपस्थित थिए तर पार्टीले कुनै कारवाही गरेको नसुनिएको बताए । विश्वमा यस्ता थुप्रै उदाहारणहरु छन् जहाँ संसदमा नेताहरुले पार्टीको निर्णय विपरित बोलेका छन् तर यसखालको कारवाही भएको नसुनिएको उनले बताए ।

    प्रदेश २ सरकारका प्रमुख न्यायधिवक्ता दीपेन्द्र झाले समाजवादी पार्टीले सरिता गिरीको हकमा एग्रेसिभ निर्णय लिएको आफूलाई अनुभूति भएको बताएका छन् । संसदमा बोले वापत पद नै जानुले भविष्यमा अन्यका लागि पनि राम्रो नजिर नबसेको बताउँदै पार्टीको ह्वीप उल्लघंन हुँदा समान्यत कारवाही भनेको आन्तरिक र अनुशासनको हुने बताएका छन् ।

    ह्वीप उल्लघंनले गर्दा पार्टीबाट निष्काशन वा संसद पदबाट निलम्बन होइन, त्यस्तालाई आन्तरिक र अनुशासनको कारवाही वा चेतावनी जस्ता कारवाही हुने गरेको र संसारभरीका दलीय व्यवस्थामा यही हुने गरेको उनको भनाइ छ ।

    नयाँ नक्सा अनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकको फिर्ता लिन सांसद गिरीले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् ।

    सो प्रस्ताव फिर्ता लिन पार्टीका संसदीय दलले निर्देशन दिए पनि उनले फिर्ता लिएकी थिइनन् । उल्टै विधेकमाथि चुनाव भएको दिन संसदको बैठक नै बहिष्कार गरेर निष्केकी थिइन् । प्रस्ताव फिर्ता नलिए कारवाही गर्न बाध्य हुने संसदीय दलले पठाएको पत्रमै उल्लेख थियो ।

    पार्टीको अनुशासन तथा ह्वीप उल्लघंन गरेको भन्दै पार्टीले उनीसँग स्पष्टीकरण मागेको थियो । तर उनले पार्टीलाई सन्तोषजनक जवाफ नदिएको भन्दै पार्टीले उनलाई हिजो कारवाही गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑