रौतहट | रौतहटको कटहरिया–१ भसेढवा कठौतिया टोलका योगेन्द्र दाशको छोरा वर्ष १५ का आकाश दासको दाहिने हाथ काट्नुपर्ने भएको छ । करेन्ट लागेर गम्भीर घाइते दाशको दाहिने हाथ जलेर कामै नलाग्ने अवस्थामा पुगेको छ ।करेन्टको कारण हाथको रक्त संचारनै अवरुद्ध भएकाले काट्नुको विकल्प नरहेको उपचारमा संलग्न नेशनल मेडिकल कलेज बिरगंजका डाक्टर बिनोदकुमार रायले जानकारी दिएका छन ।
गत १४ गते आइतबार दाउरा लिन जंगलमा गएको समय जामुन टिप्न रुखमा चढ्ने क्रममा ३३ केभी विधुत प्रसारण लाईनको तारमा करेन्ट लागेर तल खसेका थिए ।दाउरा लिनसँगै गएका उनका कान्छाभाइ १० वर्षीय अविनास दासले गुहार गरेपछि दाउरा लिनगएका गाउँलेहरुको सहयोगमा अचेत आकाश दाशलाई एम्बुलेन्सबाट उपचारका लागि नेसनल मेडिकल वीरगञ्ज पुर्याएको थियोे ।
आर्थिकरुपमा विप्पन परिवारका केटा आकाशको उपचारमा हालसम्म झन्डै एक लाख रुपैयाँ खर्च भैइसकेको उनका मामा ओमप्रकास दासले बताएका छन । आकाशको उपचार लामोसमय चल्ने भएकाले धेरै पैसा खर्च हुने निस्चित देखिएको हुँदा पीडित परिवारले आर्थिक सहयोगको लागि आग्रह गरेका छन ।