वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले पर्साबाट सञ्चालित अनलाइन पत्रिकाका सञ्चालकहरुसँग छलफल गरेका छन् ।मंगलबार महानगरको सभागृहमा आयोजित बैठकमा पर्साबाट सञ्चालित अनलाइन पत्रिका र मिडिया गृहहरुले महानगरको विकासमा सहकार्य र समन्वय गर्न आवश्यक रहेको महानगरका नगर प्रमुख सरावागीले बताएका थिए भने अनलाइनका सञ्चालकहरुले पत्र/पत्रिका जस्तै अनलाइनहरुलाई पनि विज्ञापन उपलब्ध गराउँनु पर्ने माग गरेका थिए ।
महानगरले पर्साबाट सञ्चालित अनलाइनहरुको विश्वसनीयता, प्रभावकारिता र निष्ठाको आधारमा मुल्याङ्कन गरेर पत्र/पत्रिकाहरुलाई उपलब्ध गराउँदै आएको सरह अनालाइनहरुलाई पनि विज्ञापन उपलब्ध गराउनु पर्ने उनिहरुकाे माग थियाे ।यसका साथै अनलाइन मिडियामा काम गर्ने सञ्चारकर्मीहरुकाे क्षमता अभिवृद्धिकाे लागि महानगरले प्रभावकारी ढङ्गले कार्यक्रमकाे आयाेजना गर्नु पर्ने सुझाव दिएका थिए ।
नगर प्रमुख सरावगीले सूचना प्रविधिको युगमा अनलाइन पत्रिकाहरुको महत्व बढ्दै गएको बताउँदै यसलाई थप प्रभावकारी र विश्वसनीयता बनाउँन तिर सञ्चालकहरुले ध्यान दिनुपर्ने धारणा राखेका थिए । ‘आजको युगमा हात-हातमा मोबाइल छ, एक क्लिकमा समाचार पढ्न मिल्ने अवसर अनलाइन पत्रिकाहरुले जुराई दिएका अच्हन,’ नगर प्रमुख सरावगीले भने, ‘यसको महत्व धेरै छ र भविष्यपनि राम्रो छ तर अनलाइनलाई सुधृत गर्दै यसको विश्वसनीयता बढाउँने तिर सञ्चालकहरुको ध्यान केन्द्रित हुनपर्दछ ।’
कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीका प्रेस सल्लहाकार गोविन्द देवकाेटाले अनलाइन र महानगर विच समन्वय आवश्यक रहेको बताउँदै आउँने दिनहरुमा हात्तेमाल गरेर अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।बैठकमा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चाैहान, उपाध्यक्ष केशी लामिक्षाने, पर्सा अध्यक्ष श्याम बन्जारालगायत अनलाइन सञ्चालक र प्रतिनिधिहरुकाे उपस्थिती रहेकाे थियाे ।