• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ का कृषकहरूको चार महीनाको ब्याज मिनहा

  • वीरगंज संजाल
  • २४ असार २०७७, बुधबार १०:१२
  • ३५३३

    वीरगञ्ज । प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सरकार जनताको हकमा काम गरिरहेको भाषणमा मात्र होइन, व्यवहारमा पनि लागू रहेको बताएका छन् ।लकडाउनको क्रममा कृषि क्षेत्रमा प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले ब्याज अनुदान चेक हस्तान्तरण कार्यक्रममा मन्त्री साहले चार महीनाको ब्याज मिनहा गर्दा ८० हजार जनता प्रत्यक्षरूपमा लाभान्वित भएको बताए । ८० लाख जनसङ्ख्या भएको प्रदेशमा ४० लाख कृषक रहेकाले सरकारले कृषिलाई वैज्ञानिकीरण, आधुनिकीरण गर्न योजनाअनुरूप अगाडि बढिरहेको बताए । लकडाउन अवधिमा प्रत्यक्षरूपमा प्रभावित भएको कृषि क्षेत्र उकास्न र कृषिमा लगानी गर्ने वातावरण बनाउँन प्रदेश सरकारले लागिपरेको बताए।

    मन्त्री साहले विदेशबाट दश लाख युवा प्रदेश २ मा आउने क्रम जारी रहेकोले चुनौती थपिंदै गएको बताए । कृषि क्षेत्रमा नै बेरोजगारी युवाहरूलाई रोजगार दिन प्रदेश सरकारले आगामी आवमा प्रत्येक किसानलाई राहत पुग्ने योजना ल्याएको बताए । रु ५ लाखसम्म कृषि ऋण लिएका किसानहरूको ब्याज माफ गरेर हुँदैन, आगामी आवसम्म पचास लाख रुपैयाँसम्म ऋण लिएका किसानको पनि ब्याज मिनहा गर्ने योजना अनुसार सरकार अगाडि बढिरहेको उनले बताए ।

    मन्त्री साहले कुखुरा व्यवसायमा ढुवानी र चल्लाको उत्पादन लागि योजना ल्याएको बताए । प्रदेशका आठवटै जिल्लामा पहिलोपटक पर्सा जिल्लाले ऋण मिनहाको योजना चाँडै सकाएकोले धन्यवाद दिएका थिए । मुख्यमन्त्री कृषि योजना अन्तर्गत प्रदेशभरिमा दश कट्ठासम्म खेत भएका व्यक्तिहरूको खातामा सीधैं दश हजार प्रदेश सरकारले पठाउने तयारी गरिरहेको उनले बताए ।कार्यक्रममा सहभागीहरूले ब्याज मिनहाभन्दा ब्याजदर सस्तो गरे किसानहरूलाई समस्या नपर्ने बताएका थिए । उनीहरूले कृषिको लागि भनी ऋण लिएर अन्य क्षेत्रमा लगानी गर्नेहरूमाथि कारबाई गर्नुपर्ने माग गरे ।

    पर्साको हकमा प्रदेश सरकारले ३ करोड १० लाख रुपैयाँ ब्याज अनुदानमा बजेट विनियोजन गरेकोमा २ करोड ९६ लाख ४५ हजार रुपैयाँ खर्च भइसकेको छ । पर्सामा जम्मा ५ हजार ३ सय ६१ जना निवेदकहरूबाट रु ५ लाखसम्म ऋण लिएका ४ हजार६ सय ६५ जना ऋणीको ब्याज मिनहा भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवले बताए ।

    यादवका अनुसार ५ लाखदेखि १५ लाख रुपैयाँ ऋणसम्म रु ७८ लाख ब्याज र १५ लाखदेखि ३० लाख रुपैयाँ ऋण लिएका ऋणीहरूको ब्याज मिनहा गर्न रु ८० लाख ५० हजार रकम चाहिने भएकोले प्रदेश सरकारले उनीहरूको पनि ब्याज मिनहा गर्ने तयारी गरिरहेको छ । २३ वटा बैंक, २५ वटा लघुवित्त संस्था, २२ वटा सहकारीमार्फत् ब्याज मिनहा भएको छ ।

    जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महम्मद अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा मन्त्रालयका सचिव विमलकुमार निरौला, समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, केन्द्रीय सदस्य वीरेन्द्र यादव, सहकारी सङ्घका हृदयनारायण कुर्मी, सुजीतप्रसाद साहलगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन मुनीलाल श्रीवास्तवले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑