• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के बहिष्कार अभियानले डुबाउला फेसबुकलाई ?

  • वीरगंज संजाल
  • २४ असार २०७७, बुधबार ०९:४२
  • २७८९

    वीरगंज | अठारौँ शताब्दीको उत्तरार्धमा चलेको ध्वंशवादी आन्दोलनले दासहरुद्वारा उत्पादित सामानहरु प्रयोग नगर्न बेलायती जनतालाई उत्प्रेरित गरेको थियो । आन्दोलनको अपिल निकै प्रभावकारी बन्यो । झण्डै ३ लाख मानिसले चिनी खरीद गर्न बन्द गरे । जनताले चिनी किन्न छाडेको त्यो घटनाले दासत्व अन्त्य गर्नमा दबाब सिर्जना गर्यो ।

    ‘स्टप हेट फर प्रोफिट’ अर्थात ‘नाफाका लागि घृणा बन्द गर’ नामक अभियान पछिल्लो पटक चलिरहेको यस्तो अभियान हो जहाँ बहिष्कारलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग गरिएको छ ।यो अभियानको आरोप के छ भने फेसबुकले आफ्नो प्लाटफर्मबाट जातीवादी तथा घृणाजन्य सामाग्रीहरु हटाउनका लागि पर्याप्त काम गरेको छैन ।यो अभियानमा कैयन् दिग्गज कम्पनीहरु समाहित भएका छन् र उनीहरुले फेसबुक तथा अन्य सोसल मिडियामा विज्ञापन दिन बन्द गरेका छन् ।

    यो अभियानमा पछिल्लोपटक फोर्ड, एडिडास, एच पी, कोकाकोला, युनिलिभर तथा स्टारबक्स लगायतका कम्पनी जोडिएका छन् ।ब्हष्यक नामक समाचार साइटका अनुसार गत मे महिनामा माइक्रोसफ्टले समेत फेसबुक र इन्स्टाग्राममा विज्ञापन दिन बन्द गरेको थियो । फेसबुक प्लाटफर्ममा अनुपयुक्त सामाग्रीहरु रहेकोमा चासो देखाउँदै माइक्रोसफ्टले त्यस्तो कदम चालेको बताइएको छ ।यसैबीच, रेडिट तथा ट्विच लगायतका प्लाटफर्महरुले समेत घृणाविरोधी कदम चाल्दै फेसबुक लगायतका ठूला कम्पनीहरुमाथि दबाब सिर्जना गरिरहेका छन् ।

    विश्वासको क्षति

    के उक्त बहिष्कारले फेसबुकलाई क्षति पुग्ला ? त्यसको छोटो जवाफ हुन्छ – हो, सक्छ । किनकी फेसबुकको आम्दानीको अधिकांस हिस्सा विज्ञापनबाटै आउँदछ । विज्ञहरुका अनुसार विश्वास गुम्दै जानु र मर्यादाको मापदण्डको अभाव भएको अनूभुति बढ्दै जानुले व्यवसायलाई ध्वस्त पार्न सक्दछ ।शुक्रबार फेसबुकको शेयर मूल्यमा ८ प्रतिशतको गिरावट आयो । जसका कारण फेसबुक सिइओको कूल सम्पत्ति कम्तिमा ६ अर्ब पाउण्डले घट्न पुग्यो ।

    कम्पनीको मूल्यमा भैरहेको त्यस्तो क्षति भविष्यमा पनि बढ्दै जाला । तर के त्यसले फेसबुककै अस्तित्वमा दीर्घकालीन असर पार्ला ? त्यो चाहीँ प्रष्ट भैसकेको छैन ।यद्यपि सोसल मिडियाहरु बहिष्कार गरिएको यो पहिलो घटना चाहीँ होइन ।

    सन् २०१७ मा विभिन्न लोकप्रिय ब्राण्डहरुले युट्युब बहिष्कारको घोषणा गरेका थिए । जातीवादी तथा हिंश्रक भिडियो पछाडि आफ्ना विज्ञापनहरु राखिएको भन्दै कम्पनीहरुले युट्युबमा विज्ञापन नदिने घोषणा गरेका थिए ।तथापि त्यो विशेष बहिष्कार अहिले धेरैले बिर्सिसकेका छन् । युट्युब तथा उसको मातृ कम्पनी गुगलले आफ्नो विज्ञापन नीति परिमार्जन गरिसकेको छ ।

    फेसबुकका लागि पछिल्लो बहिष्कारले घाटा त अवश्य पनि होला । तर फेसबुकलाई लाग्ने घाटा सोँचिएजति नहुन सक्दछ ।किनकी फेसबुक बहिष्कार गर्ने घोषणा गरेका अधिकांस कम्पनीहरुले हाल केवल जुलाई महिनाका लागि मात्र विज्ञापन नदिने बताएका हुन् ।र अर्को महत्वपूर्ण कुरा के भने फेसबुकले विज्ञापनबाट कमाउने रकमको अधिकांस हिस्सा हजारौँ हजारको संख्यामा रहेका साना तथा मझौला विज्ञापनदाताबाट आर्जन गर्ने गरेको छ ।

    सिएनएनले गत वर्ष प्रकाशित गरेको एक रिपोर्ट अनुसार फेसबुकमा सबैभन्दा ेधरै विज्ञापन दिने शीर्ष १ सय वटा ब्राण्डबाट फेसबुकले गत वर्ष ४ अर्ब २० करोड आम्दानी गरेको छ । जुन फेसबुकको कूल विज्ञापन आम्दानीको केवल ६ प्रतिशत मात्र हो ।यस्तो अवस्थामा जबसम्म मझौला तथा साना कम्पनीहरुले फेसबुक बहिष्कार गर्दैनन् तबसम्म फेसबुकको आम्दानीमा ठूलो असर नपर्ने देखिन्छ ।

    त्यस्तै दुनियामा यस्ता धेरै स साना कम्पनीहरु छन् जसका लागि प्रभावकारी र सुलभ विज्ञापन दिनका लागि फेसबुकको प्लाटफर्मको विकल्प छैन । टेलिभिजन लगायतका माध्यमबाट विज्ञापनमा महंगो शुल्क तिर्न नसक्ने कम्पनीहरुलाई लक्षित वर्गसम्म आफ्नो विज्ञापन गर्नका लागि फेसबुक नै अनिवार्य बनिसकेको छ ।तर फेसबुकमा कुनैपनि परिवर्तन ल्याउन त्यति गाह्रो चाहीँ छैन । किनकी फेसबुक कम्पनीको स्वामित्व संरचनाका कारण सिइओ मार्क जुकरबर्ग सर्वशक्तिमान छन् । उनले कम्पनीमा चाहेको परिवर्तन ल्याउन सक्दछन् । त्यसैले कम्पनीहरुको दबाबबाट जुकरबर्ग आस्वस्त भएभने उनले कम्पनीको नीतिमा परिवर्तन ल्याउन सक्दछन् ।

    तर यदि जुकरबर्ग बहिष्कारवादी कम्पनीहरुको दबाबमा आएनन् भने अन्य शेयरहोल्डरहरुले उनीमाथि खासै दबाब सिर्जना गर्न सक्दैनन् र कम्पनीको निर्णयमा ठूलो प्रभाव पार्न सक्दैनन् ।गत शुक्रबार घृणाजन्य सामाग्रीहरुलाई ट्याग गर्न सुरु गर्ने घोषणा गरेसँगै फेसबुकले आफ्नो प्लाटफर्मको शुद्धिकरणतर्फ अगाडि बढेको संकेत गरेको छ । तर ती परिवर्तनहरु स्टप हेट फर प्रोटिन अभियानलाई मथ्थर पार्न पर्याप्त छैनन् ।

    यो वर्ष सोसल मिडिया कम्पनीहरुका लागि उतारचढावको वर्ष रहेको छ । फेसबुक पनि यसबाट अछुतो छैन । यथार्थ के हो भने कम्पनीहरुले उठाउने कदममा उनीहरुको आम्दानी तथा मुनाफाले ठूलो अर्थ राख्दछ ।यदि सोसल बहिष्कारको कदम अझै केही महिना चल्यो र अन्य कम्पनीहरुले पनि त्यसमा सहभागिता जनाए भने अवश्य पनि यो वर्ष सोसल मिडिया नेटवर्कहरुका लागि निर्णायक वर्ष हुनेछ । बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
  • यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण
  • बुढेसकालको यौन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    News

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    News

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    News

    बुढेसकालको यौन

    News

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑