भारत | भारतको झारखण्ड राज्यमा मन्त्री, विधायक तथा पत्रकारहरुलाई कोरोना भाइरसको संक्रमण भएको छ।झारखण्ड राज्य सरकारका पेयजल तथा स्वच्छता मन्त्री मिथिलेश ठाकुर तथा सत्तारुढ दल झारखण्ड मुक्ति मोर्चाका विधायक मथुरा महतोमा संक्रमण पुष्टि भएको बीबीसीका राँची संवाददाताले जनाएका छन्।
यसैगरी धनबादका १८ जना पत्रकारमा पनि कोरोना पुष्टि भएको छ। उनीहरु सबैलाई अस्पताल भर्ना गरिएको छ। झारखण्डमा अहिलेसम्म ३ हजार संक्रमित छन् भने २२ जनाको मृत्यु भएको छ।