• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनावरबाट मानिसमा सर्ने रोगको जोखिम बढ्दो, कारण के होला?

  • वीरगंज संजाल
  • २३ असार २०७७, मंगलवार ०८:३०
  • २५२९

    वीरगंज | जूनोटिक डिजिज–जनावरबाट मानिसमा सर्ने रोगहरु, बढ्दो क्रममा रहेको र वन्यजन्तुको संरक्षण तथा वातावरण जोगाइएन भने यसले निरन्तरता पाउने भन्दै संयुक्त राष्ट्रसंघका विज्ञहरुले चिन्ता व्यक्त गर्दै चेतावनी दिएका छन् ।अहिले विश्वव्यापी महामारीको रुप लिएर मानव समुदायमाथि नै गम्भीर स्वास्थ्य संकट सिर्जना गरेको कोभिड–१९ पनि जनावरबाट मानिसमा सरेको हो ।पशु जन्य प्रोटिनको माग अधिक हुनु, दीगो कृषि नअपनाइनु तथा जलवायु परिवर्तनका कारण यस्ता रोगहरुको वृद्धि भएको उनीहरुले बताएका छन् ।

    बेवास्तामा परेको जूनोटिक डिजिजका कारण एक वर्षमा विश्वमा २० लाख मानिसको ज्यान जाने गरेको विज्ञले उल्लेख गरेका छन् । यस्ता रोगहरुले स्वास्थ्यसँगै आर्थिक नोक्सानी पनि ठूलो गर्ने गर्छन् । कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा दुई वर्षमा ९ ट्रिलियन अमेरिकी डलर बराबरको नोक्सानी हुने आँकलन गरिएको छ ।कोभिड–१९ जस्तै इबोला, वेष्ट नाइल भाइरस र सार्स पनि जूनोटिक डिजिज हुन्, यी सबै पहिले जनावरमा देखिएर त्यसपछि मानिसमा सरेका हुन् ।

    संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र इनटरनेशनल लाइभस्टक रिसर्च इन्स्टिच्युडले गरेको अनुसन्धान प्रतिवेदनमा जनावरमा देखिएका रोगहरु आफै मानिसमा भने नसर्ने उल्लेख छ । मानवीय कारणले गर्दा जनावरमा देखिएका रोगहरु मानिसमा सर्ने गरेको देखिएको उल्लेख छ ।प्राकृतिक वातावरणमा भइरहेको ह्रास, भूमिमाथिको शोषण, वन्यजन्तुमा हुने गरेका शोषण, स्रोतको दोहन र जलवायु परिवर्तनका कारण जूनोटिक डिजिजहरु मानिसमा सर्ने गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

    संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका कार्यकारी निर्देशक तथा युएनका उपमहासचिव इङ्गर एन्डरसनले भनेकी छन्, ‘पछिल्लो शताब्दीमा हामीले नोवेल कोरोना भाइरसका ६ प्रमुख महामारी देखेका छौँ । पछिल्लो दुई दशक अर्थात कोभिड–१९ पूर्व जूनोटिक डिजिजका कारण १०० बिलियन अमेरिकी डलर बराबरको क्षति भएको थियो ।’

    उनले भनिन्, ‘कम तथा मध्यम आय भएका देशमा हरेक वर्ष स्थानीय रुपमा पाइने जूनोटिक डिजिजका कारण २० लाख मानिसको ज्यान जाने गरेको छ ।’घरपालुवा तथा वन्यजन्तुमा अधिक निर्भर रहेका तथा गम्भीर विकास समस्या रहेका समुदायहरु विशेष गरी जोखिममा पर्ने गरेको उनले बताइन् ।सघन खेती, भौतिक पूर्वाधारको विकास तथा वन्यजन्तुलाई नै क्षति पुग्ने गरी स्रोतको दोहन गरिएका कारण जूनोटिक डिजिजहरु जनावरबाट मानिसमा सर्ने क्रम तीव्र भएको प्रतिवेदनमा उल्लेख छ ।भूमिको दीगो व्यवस्थापन, जैविक विविधतामा विस्तार तथा वैज्ञानिक अनुसन्धानमा लगानी बढाउन प्रतिवेदनमा सुझाव दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ
  • लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ
  • आज सोमबारको राशिफल
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    आज सोमबारको राशिफल

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ

    News

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑