• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल

  • वीरगंज संजाल
  • २२ असार २०७७, सोमबार ०६:४३
  • ३९०५

    वीरगंज  | पाठ्यक्रम विकास केन्द्रले कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल शुरु गरेको छ ।
    पाठ्यपुस्तक छपाइ गर्न स्वीकृति पाएका करिब १८ पुस्तक प्रकाशक तथा बिक्रेतालाई केही रकम बुझाए मात्र पुस्तक छपाइ र बिक्री गर्न दिने बताउँदै आएको छ । एक पुस्तक प्रकाशक र बिक्रेताका अनुसार केन्द्रले प्रति प्रकाशक १ लाख ५० हजार रुपियाँ माग गरेको बुझिएको छ ।‘माघमा सूचना प्रकाशित गरी ३० दिनभित्र पुस्तक छपाइ गरी केन्द्रमा बुझाउन निर्देशनसहितको चिठी दिएको थियो । तर चिठी उपलब्ध गराएपछि छपाइ स्वीकृत नदिएर प्रकाशकलाई आर्थिक दबाब दिएको छ । माघमा सूचना जारी गरेपछि पुस्तक प्रकाशकले परिवर्तन भएको प्रति पुस्तक १० हजार रुपियाँ राजस्व बुझाइसकेका थिए । राजश्व बुझाएर प्रक्रिया शुरु गर्न खोज्दा अहिलेसम्म पुस्तक छपाइ गर्न निर्देशन दिएको छैन’ –एक प्रकाशकले नेपाल समाचारपत्रसँग भने ।

    स्वीकृत पाएर पनि पुस्तक छपाइ गर्न नदिएर चलखेल गरेको आशंकामा करिब डेढ महिनाअघि केन्द्रबाट पाठ्यपुस्तक छपाइसम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेको थियो ।केन्द्रका महानिर्देशक केशव दाहालले आफूहरुले कुनै आर्थिक चलखेल नगरेको र कुनै प्रकाशकसँग रकम माग नगरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘यो सबै हावादारी कुरा हुन्, रकम मागेको भए मसँग कुरा गर्न आउनुपर्छ ।’ तर केन्द्रले चैतमा पुस्तक प्रकाशन गरी बिक्री गरिसक्नुपर्ने अवस्थामा हालसम्म छपाइ गर्न नदिन चलखेल भएको आशंका गरिएको छ ।

    केन्द्रका महानिर्देशक दाहालले अख्तियारले छानबिन सकेपछि मात्रै छपाइ स्वीकृत दिने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘हामी अख्तियारमा जाँदै छौं, निर्णय भएपछि मात्र छपाइ गर्न दिन्छौं ।’ तर पुस्तक प्रकाशकहरुले आर्थिक चलखेलकै कारण पुस्तक छपाइ गर्न नदिएको आरोप लगाउँदै आएका छन् ।सरकारले यो वर्षदेखि कक्षा १ का लागि नयाँ पाठ्यक्रम लागू गरेको छ । नयाँ पाठ्यक्रम लागू गरेपछि समयमै पुस्तक छपाइ गर्न दिनुपर्ने केन्द्रले मनोमानी गर्दै आएको प्रकाशक र बिक्रेताको आरोप छ । ‘तीन महिना भयो पुस्तक छपाइ गर्न दिने विषयमा अत्तोपत्तो छैन, कक्षा १ का नयाँ कोर्स पढ्ने करिब ७ लाख विद्यार्थी वञ्चित भएका छन्’ –उहाँले भन्नुभयो ।

    स्रोतका अनुसार केन्द्रका उच्च कर्मचारीले प्रकाशकसँग भेट गरी अख्तियारसँग कुरा मिलाएर फाइल फिर्ता पठाउने व्यवस्था मिलाउन गुहारिरहेका छन् ।केन्द्रले पुस्तक छपाइ गर्न स्वीकृत नदिए पनि केही प्रकाशक र बिक्रेताले लुकिछिपी छपाइ गरेर बिक्री भइरहेको छ । केन्द्रका सूचना अधिकारी गणेश भट्टराईले अख्तियारले छानविन पूरा गरी फाइल पठाएपछि मात्र छपाइ गर्न दिने बताउनुभयो ।
    केन्द्रले आयोगले फाइल लैजानु अघिसम्म महानिर्देशक नभएको कारण दिन नसकेको बताउँदै आएको थियो । करिब एक महिनाअघि महानिर्देशकका रुपमा दाहाल भित्रिएपछि पनि छपाइ गर्न दिने विषयमा चासो दिएको थिएन ।

    ‘लाखांै विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्दै केन्द्रले मनोमानी गरिरहेको छ’, एक प्रकाशकले भने– ‘हामीले राजस्व बुझाएर छाप्ने अधिकार पाउँदा पनि केन्द्रले आर्थिक रुपमा बार्गेनिङ गरिरहेको छ ।’केन्द्रले कक्षा १ का लागि मेरो सेरोफेरो, अंग्रेजी, नेपाली र गणित गरी चार विषय स्वीकृत गरेको छ । प्रकाशकले नयाँ परिवर्तन भएको विषयको प्रति विषय १० हजार रुपियाँ राजस्व तिरिसकेका छन् । देशभर करिब ८० वटा पुस्तक प्रकाशक र बिक्रेता भए पनि कक्षा १ को नयाँ पुस्तक छपाइ र बिक्री गर्न करिब १८ वटाले स्वीकृति पाएका थिए ।

    स्वीकृति पाउनेमा एरावत, आठराई, युनिक, संगम, क्रियटिभ रिडर्स, मेघा, इलाइट, नेचर, ओसिन, युनाइटेड, पुस्तक पब्लिकेसन रहेका छन् । त्यस्तै नोभा, ब्रिलियन्ट, जेबीडी, सिम्फोनी, सञ्जीवनी, शुभारम्भलगायत छन् ।उनीहरुले केन्द्रसँग पटकपटक छपाइ स्वीकृत माग्दा केन्द्रले अख्तियारमा फाइल पुगेको बहाना गर्दै तत्काल पुस्तक दिन नमिल्ने बताउँदै आएको छ । निजीले अंग्रेजी माध्यमबाट पढाइ गर्न नदिएर नेपाली माध्मबाट पढाउन लाद्ने र आर्थिक चलखेल गर्न अहिलेसम्म स्वीकृत नदिएको निजी प्रकाशकको आरोप छ ।यसैबीच यो वर्षदेखि परिवर्तित पुस्तक पढाइ हुने भएपछि केन्द्रले नयाँ पुस्तकमा अनिवार्य रुपमा कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा र कोभिड–१९ को बारेमा जानकारी हुने गरी सामग्री समावेश गर्न पत्राचार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ
  • लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ
  • आज सोमबारको राशिफल
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    आज सोमबारको राशिफल

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ

    News

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑