• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बालुवाटारमा ओली र प्रचण्डको सवाल-जवाफ

  • वीरगंज संजाल
  • २१ असार २०७७, आईतवार २२:१६
  • २८६९

    प्रधानमन्त्री : ६ जना बसेर के गर्न खोजेको ?

    प्रचण्ड : तपाईले पार्टी फुटाउन लाग्नुभयो । कसरी पार्टी जोगाउनु भनेर छलफल गरेका हौं । अनि तपाईँले पार्टीको विवादमा राष्ट्रपतिलाई चाहिँ किन मुछ्नुभएको ?

    प्रधानमन्त्री : (महाअभियोगतर्फ संकेत गर्दै) मलाई थाहा छ ।

    प्रचण्ड : के थाहा छ ? जे मन लाग्यो त्यही भन्ने ?

    प्रधानमन्त्री : त्यसो भए ६ जना किन बसेको त ?

    प्रचण्ड : तपाईले अध्यादेश ल्याउन खोजे पनि बस्नुपरेन त !

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बालुवाटारमा भएको भेटमा यस्तै सवाल जवाफ भएका छन् । भेटवार्तामा ओलीको तर्फबाट ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई सहभागी गिए भने प्रचण्डको तर्फबाट मन्त्री वर्षमान पुन र नेता जनार्दन शर्मा प्रभाकर थिए ।भेटवार्तामा सहभागी नेताहरुका अनुसार दुई नेताबीच सम्वादको सुरुवात राम्रो थिएन । अध्यक्ष प्रचण्डले सचिवालयमा बहुमत नेताहरुलाई राखेर बैठक गरेरमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले कडा आपत्ति जनाएका थिए ।

    प्रचण्डले भने राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग ल्याउन खोजेको प्रधानमन्त्रीको दाबीमा आपत्ति जनाएका थिए । प्रधानमन्त्री ओलीले शनिबार मन्त्रीहरुलाई बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको दाबी गरेका थिए ।त्यसबारे प्रष्ट पार्न भन्दै अध्यक्ष प्रचण्ड पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई लिएर बालुवाटार जानुअघि शीतलनिवास पुगेका थिए ।नेताहरुले अहिले राष्ट्रपतिलाई महाअभियोग लगाउने वा हटाउनेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् । भेटमा सहभागी एक नेताले अनलाइनबरसँग भने, ‘हामीले राष्ट्रपतिज्यूलाई भनेका छौं कि पार्टीभित्र देखिएको समस्या हामी पार्टीभित्रै समाधान गर्छौं । राष्ट्रको हित र संविधानमाथि आँच आउने कुनै पनि प्रकारका कुनै क्रियाकलापप्रति सम्झौता गरिने छैन ।’

    साथै कुनै पनि गलत सूचनाको प्रभावमा नपर्न र उत्तेजना बढाउनेखालका क्रियाकलापहरुमा विश्वास नगर्न राष्ट्रपतिलाई आग्रह गरेको स्रोतले बतायो ।प्रचण्डनिवासमा खुमलटारमा नेकपाका सचिवालय सदस्यहरुले वकिललाई समेत बोलाएर राष्ट्रपतिमाथि महाअभियोग लगाउनेबारे छलफल गरेको प्रधानमन्त्री ओलीको आरोप छ । प्रधानमन्त्रीले शनिबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत यही सूचना सुनाएका थिए । उनले राष्ट्रपतिलाई तपाईमाथि महाअभियोग लगाउनेबारे पार्टी नेताहरुवीच छलफल भएको छ भन्ने सुनाएका थिए ।

    प्रचण्ड माधव नेपाल समूहका नेताहरुले भने प्रचण्डनिवासमा वकिलहरुलाई समेत बोलाएर छलफल गरिएको तर, महाअभियोगका बारेमा नभई अध्यादेशका बारेमा मात्र छलफल भएको नेताहरुले राष्ट्रपतिलाई स्पष्ट पारेका छन् । ‘खुमलटारमा हामी सचिवालयका नेताहरु, केही स्थायी कमिटीका सदस्य र कानुनविदहरुवीच छलफल भएकै हो । तर, त्यहाँ राष्ट्रपतिज्यूका विषयमा कुनै छलफल भएन’ नेताहरुले भनेका छन्, ‘प्रधानमन्त्रीले संसदलाई छलेर पार्टी विभाजनको अध्यादेश ल्याए के गर्ने भन्नेबारे कानूनविदहरुसँग परामर्श गरेका हौं ।’प्रधानमन्त्री ओलीले पार्टी नेताहरुको आग्रहलाई बेवास्ता गरेर संसदको बैठक स्थगन गरेपछि अध्यादेशलगायतका कुनै असंवैधानिक कदम चाल्ने हुन् कि भन्ने आशंका बढेको नेताहरुले बताउँदै आएका छन् ।

    सहमति खोज्ने सहमति

    नेताहरुका अनुसार दुई अध्यक्षबीच पार्टीको विवादबारे छलफल भए पनि कुनै सहमति जुटेको छैन ।सोमबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षवीच पुनः छलफल गर्ने सहमति भएको छ ।त्यसअघि ओली र प्रचण्ड दुवै पक्षका नेता बसेर अनौपचारिक गृहकार्य गर्नेछन् । स्रोतले भन्यो, ‘सहमतिको कुनै विन्दु निस्कन सक्छ भनेरै नेताहरूलाई सबैसँग परामर्श गरेर एउटा खाका बनाउन भनिएको छ ।’आपसमा दुरी बढाउने तथा आशंका जन्माउने गतिविधि, सडकमा जुलुस प्रदर्शन र गाली गलौज नगर्ने सहमति भएको छलफलमा सहभागी नेताले अनलाइनखबरलाई बताए ।वार्तामा सहभागी नेकपा महासचिव विष्णु पौडेलले भने दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको र सोमबार स्थायी कमिटी बैठकअघि पुनः दुई नेता बसेर कुराकानी गर्ने बताए । पौडेलले भने-‘दुई अध्यक्षबीचको छलफल जारी छ । आजको वार्ता सकारात्मक भएको छ । भोलि फेरि उहाँहरुबीच वार्ता हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑