• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुस्लिम आयोग नाममात्रैको भयो, खारेज गरिदिए हुन्छ : अध्यक्ष अन्सारी

  • वीरगंज संजाल
  • २१ असार २०७७, आईतवार २२:१४
  • ४५९७

    वीरगंज। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बजेट र अधिकार नहुँदा आयोगले काम गर्न नसकेको बताएका छन् ।आइतबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोगका अध्यक्ष अन्सारी र आयोगका सचिव शम्भुबहादुर खड्कासँग आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरेको थियो ।छलफलमा अध्यक्ष अन्सारीले भने, ‘समुदायको लागि यो आयोग गठन भएको हो भने पर्याप्त स्रोत साधन हुनुपर्छ । अन्यथा कर्मचारीलाई तलब भत्ता र आयोगको नाममात्रै राखिराख्ने हो भने यसको आवश्यकता छैन । यस्तै राखिराख्ने भए यस्ता आयोगहरू विघटन गरिदिए हुन्छ ।’

    आयोगलाई परामर्शदाताको रुपमा मात्र नराखी कार्यकारी अधिकार प्रदान गर्नुपर्ने, स्वायत्त तथा अधिकार सम्पन्न मदरसा बोर्ड गठन गरी मदरसा शिक्षालाई व्यवस्थित बनाउनुपर्ने उनले बताए ।आयोगले प्रतिनिधि सभामा पेश गरेको वार्षिक प्रतिवेदनमा मुस्लिम आयोगलाई दश वर्षमा पुनरावलोकन गर्नेजस्ता शब्दहरू संविधानबाटै हटाउनुपर्ने, संविधानमा नेपाली मुस्लिमको स्पष्ट परिभाषा र पहिचान उल्लेख गर्नुपर्नेलगायतका विषय समेटिएको छ।

    सांसदको सुझाव– प्राप्त स्रोत साधनबाटै अधिकतम काम गर्नू

    छलफलमा सांसदहरूले मुस्लिम आयोगलाई प्राप्त स्रोत साधनबाटै अधिकतम काम गर्न सुझाव दिएका छन् । ‘यस्तै राख्ने भए आयोग नै विघटन गरिदिए हुन्छ भन्नेजस्ता घुर्क्याउने नगरौं । प्राप्त स्रोत साधनबाटै कसरी अधिकतम काम गर्न सकिन्छ भनेर अगाडि बढौं’ सत्तारुढ नेकपाका सांसद नारायणप्रसाद खतिवडाले भने ।नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले शिक्षाले नै अधिकार दिलाउने र शिक्षाले नै अगाडि बढाउन सिकाउने उल्लेख गर्दै आयोगलाई मुस्लिम समुदायको शैक्षिक स्तर उकास्ने गरी काम गर्न सुझाव दिइन् ।मुस्लिम समुदायभित्र हुने महिला हिंसा बाहिर नआउने, महिलाहरू हिंसा सहेर नै बस्ने प्रवृत्ति रहेको भन्दै त्यसतर्फ ख्याल गर्न उनले आग्रह गरिन् ।

    नेकपाकी सांसद गंगा चौधरीले मुस्लिम समुदायमा विवाहको मामलामा रहेको सोच बदल्न आवश्यक रहेको बताइन् । ‘मुस्लिम समुदायमा बुहारी भएर जाँदा धर्म परिवर्तन गर्न नपर्ने, मुुस्लिम समुदायको छोरी अर्को समुदायमा बुहारी हुन जाँदा सम्बन्धित परिवारले मुस्लिम धर्म मान्नुपर्ने ?’ सांसद चौधरीले भनिन् ।यसो गर्दा मन परेको व्यक्तिसँग विवाह गर्न नपाउने अवस्था आउने भएकाले विवाहको मामलामा अलि सरल हुन आवश्यक रहेको उनले बताइन् ।

    समितिको निर्देशन

    छलफलपछि महिला तथा सामाजिक समितिले स्पष्ट कार्ययोजना बनाएर काम गर्न मुस्लिम आयोगलाई निर्देशन दिएको छ ।‘आफ्नो कार्यक्षेत्र भित्रका विषयमा स्पष्ट एवं एकीकृत कार्ययोजना बनाई यो समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, शैक्षिकलगायतका क्षेत्रमा मूल प्रवाहीकरणमा ल्याउन समिति मुस्लिम आयोगलाई निर्देश गर्दछ’ महिला समितिले जारी गरेको निर्देशनमा उल्लेख छ ।यसैगरी, मुस्लिम समुदायभित्र रहेका कुरीति, कुप्रथा एवं लैङ्गिकलगायतका हिंसाहरूलाई प्राथमिकताका साथ नियन्त्रण, न्यूनीकरण गर्न, मदरसाहरूको अभिलेखीकरण गरी व्यवस्थित गर्न, गराउन, मदरसा शिक्षाको सम्बन्धमा स्पष्ट नीति अवलम्बन गर्न, गराउनसमेत समितिले मुस्लिम आयोगलाई निर्देशन दिएको छ ।

    कोरोना भाइरसको महामारीको क्रममा समूहमा जम्मा भई मस्जिदमा गरिने रमजान प्रार्थनालाई घरमा गर्न प्रोत्साहित गरेको, कोरोना नियन्त्रणका लागि आयोगले तत्परता देखाएको भन्दै समितिले सह्रानासमेत गरेको छ ।

    आयोगलाई आवश्यकताअनुसार बजेट उपलबध गराउन समितिले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑