• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निजगढ विमानस्थल जुरिचले बनाउला ?

  • वीरगंज संजाल
  • २१ असार २०७७, आईतवार २२:०४
  • २५८१

    काठमाडौं । गतवर्षको लगानी सम्मेलनमा निजगढ विमानस्थल निर्माणमा इच्छा देखाएको स्विस कम्पनी जुरिच इन्टरनेसनल एजी (जेआईएजी) ले अझै विस्तृत व्यावसायिक प्रस्ताव बुझाएको छैन ।नेपालको सबैभन्दा ठूलो विकास आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल निर्माणमा आधा दर्जन कम्पनीले इच्छा देखाएका थिए । त्यसमध्ये नेपाल सरकारले जेआईएजीलाई छनोट गरेर विस्तृत व्यावसायिक प्रस्ताव मागेको थियो ।आगामी सेप्टेम्बरभित्र पठाएमात्र आयोजना पाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरु बताउँछन् । उनीहरूका अनुसार यो पनि गत फागुनमा थपिएको अन्तिम म्याद हो ।गत मंसिरमा नागरिक उड्डयन मन्त्रीको कार्यभार सम्हाल्ने क्रममा योगेश भट्टराईले शिलान्यास गर्ने घोषणा गरेका यो आयोजना सोही कारणले गर्दा अहिलेसम्म कागजमै सीमित छ । यो आयोजनामा कटान हुने रुखको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

    के काम हुँदैछ आयोजनामा ?

    पहिलो चरणमा करिब डेढ खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा एकातर्फ लगानी जुट्न सकेको छैन भने अर्कोतर्फ साइट क्लियरेन्सको कामसमेत रोकिएको छ ।निजगढ विमानस्थलका लागि रुख कटानपछि मात्र काम सुरु हुने आयोजना हो । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका अनुसार, आयोजनाको परिमार्जित गुरुयोजनाको आशय पत्र (इओआई)को मूल्याङ्कन भने सकिएको छ ।लकडाउनमा पनि यो आयोजनाभित्र पर्ने पसाहा र बकैया खोलामा तटबन्ध बनाउने काम भने भइरहेको छ । पसाहा खोलामा ३० प्रतिशत र बकैयामा ४० प्रतिशत काम सकिएको मन्त्रालयको भनाइ छ ।

    त्यस्तै, विमानस्थल निर्माण क्षेत्रभित्रका रुख–बुट्यान गणना पनि सुरु भएको छ । रुख कटानको जिम्मेवारी नेपाली सेनाले लिइसकेको भए पनि अदालतमा मुद्दा परेकाले काम हुन सकेको छैन । विमानस्थल क्षेत्रको बस्ती स्थानान्तरणको समस्या पनि ज्युँका त्युँ छ ।२०५१ सालबाट राष्ट्रिय चर्चा पाउन थालेको यो आयोजना हरेक सरकारको कागजी प्राथमिकतामा पर्ने गरेको छ । चालु आर्थिक वर्षमा जग्गा अधिग्रहणमा एक अर्ब रुपैयाँ बजेट खर्च भएको छ ।सरकारले आगामी आवको लागि भने ५० करोड रुपैयाँमात्र यो आयोजनामा विनियोजन भएको छ । सरकारले चालु आवबाटै निर्माण थाल्ने घोषणा गरेको यो आयोजनाको पूर्वतयारी प्रक्रिया आगामी आवमा समेत टुङ्गिन मुस्किल देखिएको छ ।

    नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं विमानस्थलमा एअर ट्राफिक चाप बढ्दै जाने तथ्यलाई ध्यानमा राखेर छैठौं योजना (आव २०३६÷०३७) ले नै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना समेटेको थियो ।त्यसपछिका योजनाहरुले न वैकल्पिक दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना अगाडि बढाउन सके न त योजनाबाट हटाउन । किनकि, नेपालमा यो आवश्यक थियो ।०५२÷५३ मा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ छनोट भयो । त्यसबेला विभिन्न आठ स्थानको सम्भाव्यता अध्ययन गरेर निजगढ छानिएको थियो । यसको विस्तृत सम्भाव्यता अध्ययन ०६६/६७ मा कोरियाली कम्पनी ल्याण्डमार्क वर्ल्डवाइडले सम्पन्न गर्‍यो ।त्यसपछि २०७१ सालमा प्रस्तावित विमानस्थलको चार किल्ला तोक्ने र ०७५ मा वातावरणीय प्रभाव मूल्याङ्कनको काम भयो । अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम पनि सकिएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑