यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन ।विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।
यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।