चट्याङ लागेर ज्यान गुमाएका मृतकका परिवारलाई फेटा गाउँपालिकाले ५० हजार राहत दिने घोषणा
वीरगंज संजाल
१८ असार २०७७, बिहीबार २२:१८
२७३७
वीरगंज। चट्याङ लागेर ज्यान गुमाएका परिवारलाई प्रदेश सरकार र स्थानीय गाउँपालिकाले सहयोग घोषणा गरेका छन्। प्रदेश सरकारले ज्यान गुमाएका परिवारलाई एक लाख र फेटा गाउँपालिकाले ५० हजार राहत दिने घोषणा गरेको हो।
बारामा चट्याङ लागेर ज्यान गुमाएका मृतकका परिवारले उक्त रकम पाउने भएका छन्। प्रदेश २ सरकारको आकस्मिक रुपमा बसेको मन्त्रिपरिष बैठकले उक्त निर्ण गरेको हो।
प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सरकारका निर्णय सार्वजनिक गर्दै उक्त कुरा बताए। आज बिहान बारामा चट्याङ लागेर ४ महिलाले ज्यान गुमाएकोप्रति प्रदेश सरकारले दु:ख व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेको हो।
आज विहान फेटा गाउँपालिकामा चट्याङ लागेर दुई जनाको मृत्यु र ७ जना घाइते भएका थिए। गाउँपालिकाको आकस्मिक बैठकले मृतकका परिवारलाई जनही ५० हजार दिने निर्णय गरेको छ।बिहीबार विहान हावाहुरी र भारी वर्षासँगै खसेको चट्याङ् लागेर बारामा ४ महिलाको मृत्यु भएको छ।