वीरगञ्ज । जनता समाजवादी पार्टी निकट विद्यार्थि संगठनले आज वीरगञ्जमा संसदमा बिचाराधिन नागरिकता विद्येयकको विरुद्धमा प्रदर्शन गरेको छ ।नेकपा सरकारले ल्याएको विद्येयकले मधेसी समुदायमाथि अन्याय गरेको र महिलाहरुलाई विभेद गरेको भन्दै यसको विरोधस्वरुप विद्यार्थि संगठनले प्रदर्शन गरेको हो ।बिहिबार घण्टाघर चोकमा भएको विरोध कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अन्सारी, तत्कालिन समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादब, तबरेज अहमद, ओमप्रकाश सर्राफ, फिरोज बादसाह, सशिकान्त सर्राफ, हरेन्द्र साहलगायतको उपस्थिती रहेको थियो ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले यथाशिघ्र मधेसी समुदायको अपमान हुने गरी ल्याइएको विद्येयक फिर्ता हुनुपर्ने माग गरेका थिए । विद्येयक फिर्ता नभए सशक्त रुपमा उत्रिने पनि बक्ताहरुले चेतावनि दिएका छन् । नागरिकता विद्येयक फिर्ता गर, केपि ओलि मुर्दावाद, लगायतका नारा अंकित प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।यसैविच राष्ट्रिय विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाइ कमिटीले पनि नागरिकता विद्येयकको विरुद्धमा विरोध गरेको छ ।
ईकाई कमिटिले वीरगञ्जको घण्टाघरमा विकाश मेहताको अध्यक्षतामा भएको विरोध प्रदर्शनमा राष्ट्रिय विद्यार्थी संघका जिल्ला उपाध्यक्ष विक्की राज पटेल, विद्यार्थी नेताहरू अंकित मिश्रा, राजु गुप्ता, शिवहरि तिवारी, कृष्णा साह, महसिन राजा, लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रमको सहजीकरण ईकाइ सचिव सगिर अलीले गर्नु भएको थियोे ।