• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निगमको मनपरी : भाउ घटुन्जेल लकडाउनको बहाना, नाफा घटेपछि मूल्यवृद्धि

  • वीरगंज संजाल
  • १८ असार २०७७, बिहीबार १४:२६
  • २९६१

    काठमाडौं । वैशाखको अन्तिम साता अनलाइनखबरसँगको अन्तर्वार्तामा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भनेका थिए, ‘लकडाउनमा मूल्य घटाउँदा जनताले फाइदा पाउँदैनन्, यस्तो अवस्थामा कसका लागि मूल्य घटाउनु ?’

    लकडाउनका बेला निगमलाई लिटरमा पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ४५ पैसा, डिजेलमा २५ रुपैयाँ ६९ पैसा र मटितेलमा ५५ रुपैयाँ ३५ पैसासम्म नाफा भएको थियो । त्यसकै बलमा निगमले करिब ३ अर्ब नाफा यही समय कमायो ।

    लगातार मूल्य घटिरहँदा पनि खपत कम भएको तर्क गर्दै निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरेन ।

    लकडाउनकै बेला अमेरिकी बजारमा तेलको मूल्य ‘नेगेटिभ’सम्म पुग्यो । अर्थात् बेच्नेले किन्नेलाई पैसा दिने अवस्था बन्यो । तर, नेपाल आयल निगमले कुस्त नाफा कमाउने मनसायले चैत २० पछि मूल्य घटाउन भएको मागलाई पुरै बेवास्ता गर्दै आयो ।

    किन नघटाएको भनेर सोध्नेलाई कार्यकारी निर्देश्क पौडेलको एउटै जवाफ हुन्थ्यो, ‘लकडाउनभरि नाफा घाटा जे भएपनि मूल्य घट्दैन ।’

    तर, पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्दै गएको छ । त्यसले निगमलाई घाटा नभए पनि नाफा भने खुम्च्याउँदै लगेको थियो । वर्षौं कुस्त नाफाबाट बोनस खान बानी परेका निगमका अधिकारीहरुलाई नाफा खुम्चिएको निको लागिरहेको थिएन ।

    असार १ पछि निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन  हुन थालेपछि तेलको माग बढ्दै गएको छ । त्यसैले निगम फेरि नाफाको दर उच्च राख्ने गरी मूल्य बढाउने मौका कुरिरहेको थियो । जसलाई मंगलबार कार्यकारी निर्देशक पौडेलले फत्ते गरिछाडे । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र पेट्रोलमा ५ रुपैयाँ मूल्य बढायो ।

    असार १ पछि नै मूल्य बढाउन प्रयत्न भएपनि निगम सञ्चालक समितिका पदाधिकारी काठमाडौं बाहिर भएपछि निगमको योजना सफल भएको थिएन । केही सञ्चालकले लकडाउन खुकुलो हुनासाथ मूल्य बढाउन नहुने बताउँदै आएका थिए ।

    निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नघटाउने तर थोरै बढ्नासाथ नाफामा कुनै असर पर्न नदिने गरी मूल्य बढाइहाल्ने गरेको छ । यस्तो प्रवृत्तिमाथि बारम्बार उपभोक्ता अधिकारवादीहरुले पनि प्रश्न उठाउने गरेका छन् ।

    पौडेललाई काठमाडौं छाड्नुपरेपछि…

    नेपाल आयल निगम (आईओसी)लाई बुधबार मात्रै भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्य सूची आएको छ । आईओसीले प्रत्येक अंग्रेजी महिनाको पहिलो र मध्य दिनमा मूल्य सूची पठाउँछ ।

    तर, निगमले मूल्य समायोजनको पुरानो नियम मिच्दै आईओसीबाट मूल्य सूची आउनुभन्दा एक दिनअघि (जुन ३०) मात्रै मूल्य बढायो ।

    यसको खास कारण छ, मूल्य बढाउने योजना फत्ते गर्न कार्यकारी निर्देशक पौडेल केही दिनदेखि दौडधुपमा थिए । अर्थमन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सहसचिव उदयराज सापकोटको बढुवा भएपछि निगमको बैठक राख्न अप्ठेरो भएको थियो । हालसालै अर्थका कानून सहसचिव परासर ढुंगाना बोर्डमा नयाँ सदस्यका रुपमा आएका थिए ।

    घरायसी कामले बुधबार जसरी पनि काठमाडौं छोड्नुपर्ने भएपछि कार्यकारी निर्देशक पौडेलले पुरानो पद्धतिलाई मिचिदिए । आईओसीका अधिकारीलाई अनौपचारिक रुपमा कति मूल्य बढ्छ भनेर पूर्व जानकारी मागेर उनले एकदिनअघि नै मूल्य समायोजन गरे ।

    यसरी मूल्य समायोजन गर्दा एक दिनमा थुप्रै उपभोक्ताले निगमका कार्यकारी निर्देशक काठमाडौं बाहिरिनुपर्दाको मूलय चुकाउनुपर्‍यो । पुरानो पद्धतिअनुसार निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी मात्रै मूल्य समायोजन गर्नुपर्थ्यो ।

    सञ्चालक नै असन्तुष्ट

    निगमका प्रवक्ता विनितमणि उपाध्याय मंगलबार गत जुन एक तारिखमा निगमलाई प्राप्त मूल्यसूचीको आधारमा मूल्य समायोजन गरिएको बताउँछन् ।

    आईओसीले जुन १ मा पठाएको मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थमा १५ दिनमा झण्डै ३६ करोड रुपैयाँ नाफा हुने निगमको प्रक्षेपण थियो । तर, तेलको खपत बढ्दै गएपछि नाफामा असार पर्ने अवस्था आएपनि निगमले मूल्यवृद्धिको निर्णय गरेको हो ।

    असार १ लकडाउन खुकुलो भएपछि इन्धनको खपत झण्डै ७० प्रतिशत पुगेको छ । तराईमा खेतीपाती गर्न ट्याक्टर र मेसिनहरुमा इन्धनको प्रयोग बढ्दो छ ।

    यही बेलामा निगमले उपभक्ताको ढाड भाँच्ने गरी मूल्य समायोजन गरेको छ । मूल्य समायोजनपछि १५ दिनमै निगमलाई १८ करोड रुपैयाँ भन्दा धेरै नाफा हुनेछ ।

    निगमका एक सञ्चालक समिति सदस्य निगमले मूल्य समायोजनमा मनपरी गर्ने गरेको स्वीकार्छन् ।

    ‘मन्त्री, सचिव र कार्यकारी निर्देशकबीच सहमति भएपछि अरु सञ्चालकले केही बोल्न मिल्दैन,’ उनी भन्छन्,‘कहिलेकाहीँ अर्थका सहसचिवले असहमति राख्न पाउनुहुन्छ ।’

    निगमले कहिले १५ दिनमै ६० करोडसम्म नाफा कमाउने गरी मूल्यको प्रस्ताव ल्याउँदा पनि निरिह भएर सहमति जाउन बाध्य हुनुपरेको उनी बताउँछन् ।

    ‘हिजो बैठकमा किन एकदिन अघिमै मूल्य बढाउने भनेर प्श्न उठाउँदा कार्यकारीले दिन फिक्स गर्दा निगमका कर्मचारी र व्यवसायीबीच मिलेमतोको आंशका भएकाले हो भन्नुभयो,’ उनी भन्छन्,‘तर निगमलाई पायक परेका दिनमा मात्रै मूल्य समायोजन गर्नु पनि ठीक हैन, प्रणालीलाई व्यवस्थित गर्न उहाँ चुक्नुभएको छ ।’

    निगमले सबै पेट्रोलियम पदार्थमा नाफाको एउटा मार्जिन राखेर मात्रै मूल्य तोक्नुपर्ने उनको मत छ ।

    लकडाउनले थलिएका उपभोक्तामाथि अर्को भार

    पेट्रोलमा एकै पटकमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाउनु उपभोक्तामाथिको धोका भएको उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बताउँछन् ।

    बजेटमार्फत लिटरमा १० रुपैयाँ पूर्वाधार शुल्क थप गर्दा यसका कारण इन्धनको मूल्य नबढ्ने अर्थमन्त्रीको दाबीले हावा खाएको अर्का उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।

    लकडाउनका कारण खुलिनसकेका कारण आम जनतालाई घरखर्च धान्न समस्या परिरहँदा सरकार गैरजिममेवार ढंगबाट प्रस्तुत भएको तिमिल्सिनाको आरोप छ ।

    ‘बिषम परिस्थितिमा जनता सरकारबाट सहुलियतको अपेक्षामा छन्, तर सरकार आफैं महँगीको मारमा जनतामाथि थोपरिरहेको छ,’ तिमल्सिनाले भने ।

    मूल्य घटाउँदा थोरै घटाउने र बढाउँदा उच्च मात्रामा नाफा राख्ने प्रवृत्ति अनुचित भएको उनको भनाइ छ ।

    नाफा घटाउन तयार छैन निगम

    आयल निगमले भने मूल्यवृद्धि स्वाभावि र नियमित भएको दाबी गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घटाउने निगमको स्वचालित मूल्य प्रणाली अनुसारनै मूल्य समायोजन गरिएको निगमका प्रवक्ता उपाध्ययले बताए ।

    ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आउँदा लकडाउनका कारण इन्धनको खपत अत्यन्तै कम थियो, अहिले बढेर आउँदा छ थोरै मूल्य बढाएका छौँ,’ उनले भने ।

    कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा मूल्य लकडाउनकै बीचमा २२ डलरबाट बढेर ४२ डलर पुग्न लाग्दा थोरै भाउ बढ्नु स्वाभाविक भएको उनको तर्क छ ।

    अर्कोतर्फ भारतमा पेट्रोलियमको भाउमा भएको वृद्धिका कारण नेपालबाट हुने गरेको तस्करी रोक्न पनि मूल्य समायोजन गरिएको निगमको दाबी छ ।

    डिजेल र पेट्रोलको भाउ नेपालमा भन्दा औसत ३७ रुपैयाँले भारतमा महँगो हुँदा सीमाका जिल्लाहरुमा इन्धनको चोरी निकासी बढेको निगमले जनाएको छ ।

    मूल्यवृद्धिलाई बल पुग्ने गरी मूल्य नबढाइएको दाबी गर्दै निगमले यथास्थितिमा रहँदा निगम ऋणात्मक अवस्थामा पुग्ने भएकाले मूल्य वृद्धिको विकल्प नभएको दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑