• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    सेयर बजारमा उत्साह देखिनुमा के–के छन् कारण ?

  • वीरगंज संजाल
  • १७ असार २०७७, बुधबार १०:०३
  • ४३८५

    काठमाडौं | कोरोना र लक डाउनका कारण आहात बनेका सर्वसाधारण लगानीकर्तालाई नेप्सेले भने आशाको सकारात्मक सन्देश दिएको छ । लक डाउनपछि नियमित रुपमा बजार खुलेको दोस्रो दिन मंगलबार सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेर  कारोबार बन्द भएको छ । बजारमा ३ पटकसम्म बढेर सर्किट लागेपछि दिउँसो १ बजेबाट दिनभरका लागि कारोबार रोकिएको हो । नेप्से ६% ले बढेपछि बजार दिनभरका लागि स्थगित भएको हो । अब नेप्से बुधबार मात्र खुल्नेछ ।

    सेयर बजार निकै तल जान्छ कि भन्ने आम लगानीकर्तामा यसअघि निकै त्रास पनि थियो । यस्तो त्रासका बीच मंगलबार बजारले लगानीकर्ताको आत्मबल बढाउने काम गरेको छ । यसबीचमा वित्तीय प्रणालीमा पर्याप्त तरलता थपिएको छ । बैंकिङ प्रणाली तरलता सहज हुँदा ब्जाजदर पनि निकै सस्तो भएको छ । यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने देखिएको छ । यसैगरी, अन्य उद्योगधन्दा पूर्णरुपमा नियमित सञ्चालन भइनसकेकाले पनि लगानी गर्ने पहिलो क्षेत्र सेयर बजार भएको छ । यसले पनि नेप्सेमा सुधार हुन सहयोग पुर्याएको हो ।

    यस्तै, यसबीचमा सरकार तथा नियामकले पनि बजार सुधारका काम अघि बढाएको छ । मौद्रिक नीतिमार्फत पनि सेयर बजारका समस्या समाधान गरिने गभर्नर यसअघि नै प्रष्टीकरण  दिइसकेका छन् । यसले पनि आम लगानीकर्ताको मनोविज्ञान सुधार्न सहयोग पुर्याएको हो । सेयर बजारमा लगानीकर्ताको विश्वासले पनि निकै अहम भूमिका खेल्ने गर्छ । यसर्थ लगानीकर्तामा सकारात्मक भाव हुन जरुरी छ । होल्ड गर्न सक्ने क्षमता पनि उत्तिकै जरुरी हुन्छ ।
    मंगलबार पहिलोपटक कारोबार खुलेको ४८ मिनेटमा ४% ले बढेर सर्किट लागेको थियो । त्यसबेला २० मिनेट बजार स्थगित भएको थियो । त्यसैगरी, दोस्रोपटक १२ बजेर १७ मिनेट जाँदा पुनः बजार ५% ले बढेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । फेरि १२ बजेर ५७ मिनेटमा खुलेको बजार जम्मा ३ मिनेट कारोबार हुँदा ६% ले बढ्न गयो । जसका कारण नेप्सेले सर्किट लगाएर कारोबार रोक्न पुग्यो ।
    नेप्से सूचक मंगलबार ७२.०५ अंकले बढेर १२६०.७५ विन्दुमा आइपुगेको छ । १३४ कम्पनीको २२ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४ लाख ८९ हजार ५३७ कित्ता सेयर कारोबार भएका छन् । होटेल र म्युचुअल फन्ड बाहेक कारोबार भएका बाँकी समूह सबैका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूह ६३४.९८ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक पनि ७३.७२ अंकले बढेको छ । यस दिन करिब दर्जन कम्पनीको भाउ १०% बढेर सर्किट ब्रेकर लागेको छ ।

    नागरिक लगानी कोष, एसियन लाइफ, सूर्या लाइफ, नेपाल लाइफ, नेसनल लाइफ इन्सुरेन्स, शिवम सिमेन्ट लगायत थप कम्पनीको भाउ १०% ले बढेको छ । यता, नेपाल पुनर्बिमा कम्पनी, ओरियन्टल होटेल लगायतका कम्पनीको भाउ भने उच्च प्रतिशतले घटेका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ३ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑