• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज हरिशयनी एकादशी : औषधीय गुणयुक्त तुलसी रोपेर चतुर्मास व्रत आरम्भ गरिँदै

  • वीरगंज संजाल
  • १७ असार २०७७, बुधबार ०९:२३
  • ३४७७

    वीरगंज। आज हरिशयनी एकादशी अर्थात ठूली एकादशी । यस दिन हिन्दू धर्मावलम्बीहरुले औषधीय गुणयुक्त तुलसी रोपेर भगवान श्रीहरि अर्थात् विष्णुको पूजा-आराधना गर्ने गर्छन् ।आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी या देवशयनी एकादशी भनिन्छ । यस दिन नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले चतुर्मास व्रत प्रारम्भ गर्दछन् । साथै एक पर्वको रुपमा मनाउने गरिन्छ ।  हिन्दू धर्ममा यस दिनलाई अति विशिष्ठ र महत्वका साथ हेर्ने गरिन्छ ।  यस दिन नै घरघरमा तुलसी रोपेर आम हिन्दूहरुले चतुर्मास व्रतको आरम्भ गर्दै भगवान विष्णुको उपासना गर्ने गर्छन् ।

    भनिन्छ- आजको दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीर सागरमा सुत्न जानुहुन्छ । उहाँ चार महिनापछि हरिबोधनी एकादशीको दिन क्षीरसागरबाट उठनुहुने विश्वास गरिन्छ । पुराणहरूका मतानुशार भगवान विष्णु यस दिन देखि चार महिनासम्म (चातुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ‘हरिशयनी’ तथा कार्तिकशुक्ल एकादशीलाई ‘हरि प्रबोधिनी’ एकादशी भनिन्छ ।चतुर्मास अवधिभर बिभिन्न व्रत तथा तीर्थ गरे पूण्य मिल्ने विश्वासका साथ हिन्दू धर्मावलम्बीहरु कठोर उपासनामा बस्ने पनि गर्दछन् । तुलसीलाई भगवान विष्णुको वानस्पतिक स्वरुपको रुपमा पनि लिने गरिन्छ ।

    हिन्दू समाजमा तुलसीको महत्व

    हिन्दू मान्यता अनुरुप हरेकको घर आँगनमा तुलसी रोप्न अनिवार्य झै मानिन्छ । हिन्दू धर्म शास्त्रमा उल्लेख भए बमोजिम तुलसीलाई पूजनीय , पवित्र र देवीको स्वरुपमा लिने र पूज्ने गरिन्छ । घरमा तुलसी रोपेपछि १० कुरामाथि विशेष ध्यान पु¥याउन आवश्यक मानिन्छ । तुलसी रोपिएको घरमा सबै देवी देवताको विशेष कृपा रहने विश्वास पनि गरिन्छ । घरमा सकारात्मक र सुखद उर्जाको स्रोतकोरुपमा तुलसीलाई लिने गरिन्छ । तुलसी रोपिएको घरमा धनको कमी नहुने र परिवारका सबै सदस्यलाई स्वास्थ्य लाभ हुनेसम्मको विश्वास समेत गरिन्छ । शास्त्रमा उल्लेख गरिएका तुलसीको खास महत्व यस्ता छन् ।

    १.तुलसीको पात कहिले पनि चपाउनु हुँदैन

    तुलसीको सेवन गर्दा ध्यान दिनु पर्ने महत्वपूर्ण कुरा यस्को पातलाई कहिले पनि दाँतले चपाउनु हुँदैन । सीधै निल्नु नै उत्तम मानिन्छ । यसरी तुलसीको पातको सेवन गर्दा धेरै रोगहरुबाट मुक्ति पाउने विश्वास गरिन्छ । तुलसीको पातमा पारा धातु भन्ने तत्व रहने हुँदा यसलाई रोग विनाशक मानिन्छ । यदि यस्को पात दाँतले चपाएर निलेको खण्डमा दाँतको लागि भने हानीकारक मानिन्छ । त्यसैले पनि पात नचपाई सर्लक्कै निल्नु नै उचित मानिन्छ ।

    २. शिवलिंगमा तुलसी कहिल्यै पनि चढाउनु हुँदैन

    शिवपुराणमा उल्लेख भए अनुसार शिवलिंगमा कहिले पनि तुलसीको पात चढाउनु हुँदैन । यसको बारेमा एउटा कथा कोरिएको छ । कथाका अनुसार सत्ययुगमा दानव राजा शंखचुडकी धर्मपत्नीको नाम तुलसी थियो । तुलसीको पतिब्रत धर्मको शक्तिका कारण सबै देवी देवता शंखचुडलाई हराउन असमर्थ थिए । त्यही कारण भगवान विष्णुले छल गरेर तुलसीको प्रतिबत धर्म भंग गरिदिए । त्यसपछि भगवान शिव शंखचुडलाई बध गर्न सफल भए ।

    जब यो रहस्य तुलसीलाई थाहा भयो तब उनले भगवान विष्णु ढुंगा अर्थात पत्थर र झार हुने श्राप दिइन । त्यो श्रापलाई स्वीकार गरेर भगवान विष्णु नेपाल र विशेषत गण्डकी क्षेत्रमा रहनु भएको विश्वास गरिन्छ । त्यसै पनि भगवान विष्णुको पत्थररुप शालीग्राम कालीगण्डकी नदी आसपासमा मात्र पाइने गरिन्छ । जुन सत्यलाई संसारका हिन्दूले स्वीकारेका छन् । अर्को श्राप झार हुनु परोस भनेर दिएपछि भगवान विष्णु तुलसीको वृक्ष बनेर रहनु भएको विश्वास गरिन्छ । यसपछि अधिकांश पूजाआजामा तुलसीको उपयोग विशेषरुपमा गरिन्छ । तर शंखचुडको पत्नी भएको कारण तुलसीको पात शिवलिंगमा भने कहिल्यै पनि चढाइदैन ।

    ३. तुलसीको पात विशेष दिन चुँडनु हुँदैन

    तुलसीको पात केही खास दिन भने चुँडनु हुँदैन । एकादशी, आइतबार , सूर्य र चन्द्रग्रहण लागेको समयमा तुलसीको पात दिन वा रात जतिखेर चुँडे पनि अनिष्ट हुने मान्यता छ । विना कारण तुलसीको पात कहिले पनि चँुडनु उचित मानिन्न । अनावश्यकरुपमा तुलसीको पात चुँडे तुलसीको वृक्ष नष्ट गरे बराबरको पाप लाग्ने मान्यता छ ।

    ४. हरेक दिन तुलसीको पूजा गर्नु फलदायी

    हरेक दिन तुलसीको पूजा गर्नु उत्तम र लाभदायी मानिन्छ । हरेक साँझ तुलसीको मठमा दियो जलाउनु पर्छ भन्ने मान्यता समेत रहिआएको छ । यसो गर्दा माता महालक्ष्मीको कृपा सदैव रहने विश्वास छ ।

    ५.घरको वास्तु दोषको समाप्ती

    तुलसी लगाउनाले घरको वास्तु दोष हट्ने विश्वास गरिन्छ । घर आँगनमा तुलसी लगाउँदा वास्तु दोष समाप्त भएर जाने विश्वास गरिन्छ । तुलसी रोप्नाले परिवारको आर्थिक स्थितिमाथि पनि शुभ प्रभाव पर्ने मान्यता छ ।

    ६.तुलसी रोपिएको घरमा खराब नजर समेत पर्दैन

    तुलसी लगाएको घरमा कसैको पनि खराब नजर नपर्ने मान्यता छ । साथै घर आसपासमा कुनै पनि प्रकारको नकारात्मक उर्जा पनि नपलाउने र सकारात्मक उर्जा वृद्धि हुने विश्वास गरिन्छ ।

    ७.तुलसीले वातावरण पनि पवित्र बनाउछ

    तुलसी लगाइएको घर वरपरको वातावरण पनि पवित्र हुने मान्यता छ । तुलसी लगाउनाले हानिकारक सुक्ष्म किटाणुहरुले पनि घरमा वास पाउँदैनन । यही पवित्रताले घरमा माता लक्ष्मीको वास सहज हुने विश्वास गरिन्छ जस्को कारण घरको सुख र समृद्धिमा वृद्धि हुने मान्यता चलिआएको छ ।

    ८.घरमा तुलसीको सुख्खा वृक्ष नराख्नु

    घरमा भएको तुलसीको मठमा तुलसीको वृक्ष केही कारण सुकेको खण्डमा त्यसलाई घरमा राख्नु उचित मानिन्न । तुलसीको वृक्ष सुकेको खण्डमा त्यसलाई पवित्र नदी तथा तलाउमा प्रवाहित गरिदिनु पर्छ । तुलसीको सुकेको वृक्ष राखे घरमा अशुभ हुने मान्यता छ । तुलसीको वृक्ष सुकेको खण्डमा अर्को स्वस्थ्य वृक्ष राख्ने सुझाव शास्त्रमा दिइएको छ ।

    ९.तुलसी आयुर्वेदको सञ्जीवनी बुटीका समान

    आयुर्वेदमा तुलसीलाई औषधि अर्थात सञ्जीवनी वुटी समान मानिएको छ । तुलसीमा पाइने यस्ता धेरै गुण छन जस्ले धेरै विमारीहरुलाई टाढा राख्न सहयोग गर्छ र धेरै रोगहरुका लागि प्रतिरोधात्मक क्षमता तुलसीको पातमा हुन्छ । तुलसीको वृक्ष घरमा लगाउनाले तुलसीको वास्ना हावामा फैलदा विरामी फैल्याउने धेरै किटाणुहरु यस्को क्षमताले नष्ट हुन जान्छन् ।

    १०.तुलसीको पात सेवन गर्दा हुने फाइदा

    विशेष दिन बाहेक अन्य दिन चुँडेर राखेको तुलसीको पात हरेक दिन सेवन गर्दा श्वासप्रश्वाससंग सम्बन्धित सबै रोगहरुबाट छुटकारा पाइने मान्यता छ । तुलसीको पात सेवन गर्दा विरामी हुनबाट वच्न सकिन्छ भने मौसम परिवर्तनबाट हुने विमारहरुबाट पनि बच्न सकिन्छ । तुलसीको पातमा हुने औषधीय गुणले मानिसको शरीरमा हुने रोग प्रतिरोधात्मक शक्तिलाई थप बढाउने हुँदा हरेक दिन तुलसीको पात सेवन गर्न उत्तम मानिन्छ ।यो पनि भनिन्छ- तुलसी भगवान कृष्णको अति प्रिय वस्तुमध्ये एक हो । त्यसैले पनि प्रतिदिनको पूजामा भगवान कृष्णको चरणमा तुलसीको दल या तुलसीको पात अर्पण गर्नु शुभ मानिन्छ । तुलसीको पात अर्पण गर्दा ‘तुलसी कृष्ण प्रेयसी नमो नमः’ मन्त्रोचारण गर्नु पर्ने मान्यता हिन्दू धर्म शास्त्रमा रहेकाे छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑