• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    केपी ओलीले चुनावमा उठ्दिन भन्दा झलनाथले जवाफ फर्काए – जिते पो लड्नु त !

  • वीरगंज संजाल
  • १७ असार २०७७, बुधबार ०६:५०
  • २१९३

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीभित्र सवालजवाफ चलेको छ ।स्थायी कमिटीको पाँचौं बैठकको चौथो दिन सीमा समस्या र कोभिड–१९ नियन्त्रण रोकथामको विषयमाथि समीक्षा हुँदै थियो ।तर, बैठक चर्चाचर्कीमा परिणत भयो । तिक्ताले सीमा पार गर्‍यो ।स्रोतका अनुसार स्थायी कमिटीमा पूर्वएमाले मारामार गर्दा माओवादी केन्द्र घटक रमिते बन्न पुगेको थियो । शीर्ष नेताबाहेक पूर्वमाओवादी केन्द्र समूहका नेताहरू आजको वादविवादमा परै बसे ।

    स्थायी कमिटीका अधिकांश माधव नेपाल पक्षका नेताहरूले पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार र पार्टी दुवै चल्न नसक्ने निष्कर्ष निकाल्दै तुरुन्तै राजीनामा दिन दबाब दिएका थिए ।रोचक कुरा त बैठकमा स्थायी कमिटी सदस्य झलनाथ खनालले दुईपटक ओलीलाई हस्तक्षेप गरेका थिए ।बैठकमा आफूलाई पदच्युत गर्ने तयारी बुझेका ओलीले सुरुमै ‘अब प्रधानमन्त्री पनि बन्दिनँ, पार्टी अध्यक्ष पनि चाहिँदैन’ भन्दै रक्षात्मक शैलीमा प्रस्तुत भएका थिए ।

    झलनाथले बीचमै ‘अब जिते पो चुनाव लड्नु त’ मुख फर्काएको एक स्थायी कमिटी सदस्यले भने ।“झलनाथ खनालले दुईपटक ओलीलाई हस्तक्षेप गर्नुभयो । आज खनाल अरू सदस्यभन्दा बढ्ता आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएको थियो,” उनले भने ।खनालले सुवास नेम्वाङको क्षेत्रमा आयोजनाको खोलो बगाइएको र आफ्नो क्षेत्रमा बजेट नै नपारिएकोसमेत आक्रोश पोख्न भ्याएका थिए । आफूलाई जिते पो चुनाव लड्नु त भने मुख चलाएपछि आक्रोशित ओलीले ‘तपाईंको हविगत पनि नबुझेको होइन’ भन्दै सवालजवाफ गरेका थिए ।

    ३४, १६ र १३ वर्ष पार्टी नेतृत्व गर्नेलाई केको त्याग ?

    ओलीले स्थायी कमिटीको बैठकमा त्यागको परिभाषासमेत खोजेको थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ३४ वर्षसम्म पार्टीमा एकछत्र शासन गरेको स्मरण गराउँदै अब पनि केका लागि मरिहत्ते गरेको भन्दै सम्झाएका थिए ।त्यस्तै ओलीले माधव नेपालले १६ वर्ष पार्टीमा शासन गरिसकेकाले उनका लागि पनि त्याग गर्न नसक्ने बताएका थिए । झलनाथ खनालले पनि १३ वर्ष पार्टी चलाइसकेकाले केका लागि त्याग गर्नुपर्ने हो भन्दै जवाफ तेर्स्याएका थिए ।उनले एकता महाधिवेशनपछि पार्टी अध्यक्ष र अर्को चुनावदेखि सत्ताको पनि नेतृत्व नगर्ने बताइसकेकाले त्यसैलाई त्यागको रूपमा बुझ्नुपर्ने तर्क गरेका थिए ।

    ओली गणतन्त्रवादी होइनन् !

    आजको बैठकमा पूर्वएमाले नै बढ्ता आक्रोशित थिए । स्थायी कमिटीका बोल्दै नेतृ अष्टलक्ष्मी शाक्यले ओली निरङ्कुश भएको बताएकी थिइन् । उनले ओली गणतन्त्रवादी पनि नभएकाले त्यसको छनक पार्टीमा देखिएको भन्दै आलोचना गरेकी थिइन् ।त्यस्तै आजको बैठकमा गोकर्ण विष्टले पनि सरकारबाट हटाएको रिस फेरेका थिए । आक्रोशित मुद्रामा प्रस्तुत भएका विष्टले ओलीबाट समस्याका निकास ननिस्कने भन्दै मार्ग प्रशस्त गर्न जोड दिएको एक स्थायी कमिटी सदस्यको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑