• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लकडाउनका १०० दिन : संक्रमण बढ्दै, सर्वसाधारणमा डर घट्दै

  • वीरगंज संजाल
  • १७ असार २०७७, बुधबार ०६:३१
  • २१७३

    वीरगंज । २ वैशाखमा काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमण देखिएपछि उपत्यकावासीमा ठूलो त्रास फैलियो, आसपासका जिल्लामा समेत लकडाउनमा थप कडाइ गरियो ।तर, मंगलबार एकैदिन राजधानीमा १४ र देशभर तीन सय १६ संक्रमित देखिँदा समेत राजधानीवासीमा कुनै चिन्ता देखिएन । पछिल्लो समय देशभर संक्रमण बढ्दै जाँदा नागरिकमा भने डर घट्दै गएको छ ।

    कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको बुधबार सय दिन पुग्दै छ । तर, संक्रमणको उच्च बिन्दु करिब एक महिनापछि मात्र हुने स्वास्थ्य मन्त्रालयको आंकलन छ । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा कोरोना संक्रमण समुदायस्तरमा पुगिनसकेको जनाएको छ । तर, परीक्षण नै थोरै भएकाले समुदायमा पुगिसकेको हुन सक्ने आंशका धेरैको छ ।

    मंगलबारसम्म देशभर संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ । २९ जनाको मृत्यु भएको छ । तीन हजार एक सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् भने दश हजार तीन सय ४१ उपचारमा छन् । देशभरका क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले परीक्षणको दायरा नबढाएसम्म संक्रमण कुन स्तरमा छ भनेर भन्न नसकिने बताए । उपत्यकामा ट्राभल हिस्ट्री नै नभएका व्यक्तिहरूमा समेत संक्रमण देखिन थालेको छ । यसबाट संक्रमण समुदायमा समेत पुगेको बुझिने तथा लकडाउन खुकुलो भएसँगै भिडभाड बढेकाले अझै तीव्र गतिमा बढ्न सक्ने चिकित्सक बताउँछन् ।

    सोमबारको कोभिड– १९ क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकमा उपत्यकालगायत प्रमुख सहरमा संक्रमणले अब ठूलो रूप लिन सक्ने विश्लेषण गरिएको थियो । बैठकले घरबाहिर निस्कँदा मास्क अनिवार्य लगाउन सिफारिस गरेको एक अधिकारीले बताए ।

    सहरी क्षेत्रमा भिडभाड बढे पनि परीक्षणको दायरा अझै बढ्न सकेको छैन । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले १५ असारपछि दैनिक १० हजारको संख्यामा परीक्षण गरिने बताएका थिए । तर, पछिल्लो २४ घन्टामा चार हजार सात सय ११ जनाको मात्र स्वाब परीक्षण गरिएको छ ।

    ९५५ संक्रमित विदेशबाट आएका

    नेपालमा संक्रमित देखिएका ९५ प्रतिशत विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरू छन् । अन्य उनीहरूको व्यवस्थापन तथा उपचारमा खटिएकाहरू छन् । भारतबाट कतिपय व्यक्ति लुकिछिपी आएकाले उनीहरूबाट पनि केहीमा संक्रमण फैलिएको छ ।

    ‘नेपालमा देखिएका ९५ प्रतिशत संक्रमित भारतबाट आएकाहरू छन्,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले भने, ‘उनीहरूबाट अन्यमा संक्रमण फैलिएको छ ।’ कुल संक्रमितमध्ये झन्डै ९८ प्रतिशतमा लक्षण नै नदेखिएको र उनीहरूको अवस्था पनि सामान्य रहेको डा. पाण्डेले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑