• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बालुवाटारमा प्रचण्ड, माधव, झलनाथ र बामदेवको एउटै स्वर : भारतले होइन, राजीनामा हामीले मागेको हो

  • वीरगंज संजाल
  • १६ असार २०७७, मंगलवार २१:५१
  • ३०६१

    काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी मंगलबार बसेको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको भनी दिएको अभिव्यक्तिलाई लिएर चर्काचर्की भएको छ। बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्‍त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्‍त्रीबाट राजीनामा दिन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेसनले आइतबार गरेको कार्यक्रममा भारतले आफूलाई हटाउन होटल र दूतावासमा  चलखेल गरिरहेको अभिव्यक्ति दिएका थिए। बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार ओलीको अभिव्यक्तिप्रति नेताहरुले आक्रोश व्यक्त गरेका हुन्। प्रधानमन्‍त्रीजस्तो जिम्मेवार व्यक्तिले यस्तो उत्ताउलो र सतही अभिव्यक्ति दिन नहुने बताएका थिए। यसले पार्टी, सरकार र मुलुकको प्रतिष्ठामा समेत आँच पुगेको उनीहरुले बताएका थिए।

    ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा भारतले होइन मैले मागेको हुँ’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘तर, मैले राजीनामा आज होइन वैशाख १७ गते मागेको हुँ। त्यो बेला नयाँ नक्सा जारी भएको थिएन।’ कसैले राजीनामा मागेको भए अर्थात् पदबाट हटाउन चाहेको भए पार्टीको आन्तरिक बैठकमा छलफल गर्न छोडेर सार्वजनिक कार्यक्रममा बोलेको भन्दै नेताहरु खनाल, नेपाल र गौतमलेसमेत आपत्ति जनाएका हुन्। नेताहरुले सरकार ढाल्न र प्रधानमन्त्री फेर्न कुन शक्ति लागेको हो त्यो प्रष्ट पार्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

    प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर सोमबार प्रचण्ड निवास खुमलटारमा छलफल भएको थियो। छलफलमा यस्तो गम्भीर अभिव्यक्ति पार्टीको आन्तरिक बैठकमा नभनेर सार्वजनिक रुपमा भन्नु गलत भएको ठहर नेताहरुले गरेका थिए। प्रधानमन्त्रीले यस्तो सूचना पाउँदा राजदूतलाई बोलाएर स्पष्टिकरण सोध्नुको साटो सार्वजनिक रुपमा भन्नु गलत भएको नेताहरुको भनाइ छ।नेताहरुको आपत्ति र आक्रोशपछि जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्तिले पार्टी र राष्ट्रको प्रतिष्ठामा कुनै आँच नआएको प्रस्ट पारेका छन्। उनले नक्सा छापिएपछि देखिएको परिस्थितिका बारेमा आफूले बोल्दा कसरी पार्टी र देशको प्रतिष्ठा गिर्‍यो? भनी नेताहरूलाई प्रतिप्रश्न गरेका छन्।

    ‘नक्सा छापिएको विषयपछि देखिएको परिस्थितिका बारेमा मैले बोलेको हुँ, त्यो विषयलाई स्पष्ट गरेको हुँ,’ ओलीले भने, ‘हामीले गरेको कामको बारेमा राखेको धारणाले कसरी देश र पार्टीको अपमान भयो? तपाईंहरूले बढी बुझ्‍न थाल्नुभएको हो?’बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि नेताहरुले चर्चा गरेको पुष्टि गरे। नेता श्रेष्ठका अनुसार मंगलबारको बैठकमा १८ स्थायी कमिटी सदस्यले धारणा राखेका छन्।

    बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष गौतम, प्रवक्ता प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा वेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, राघुजी पन्त, युवराज ज्ञवाली, गणेश शाह, सुरेन्द पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, भीम आचार्यलगायतले बोलेका हुन्। बैठक बुधबार बिहान ११ बजे पुनः बैठक बस्नेगरी सकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

    नेकपा एमाले दर्ताका लागि आयोगमा निवेदनको विषयमा छलफल

    बैठकमा निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको विषयमा छलफल भएको छ।  सोमबार निर्वाचन आयोगमा सन्ध्या तिवारीको अध्यक्षतामा नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा मंगलबार छलफल भएको हो। पूर्व–एमाले र पूर्व–माओवादी मिलेर दुई वर्षअघि नेकपा बनिसकेको अवस्थामा नयाँ दल दर्ताका लागि आवेदन परेपछि बालुवाटारमा यो विषयमा छलफल भएको हो।‘निर्वाचन आयोगमा नयाँ पार्टी नेकपा एमाले दर्ताका लागि आवेदन दर्ता भएको सुन्नमा आयो’, प्रवक्ता श्रेष्ठले भने, ‘यो विषयमा प्रस्ट हुनु आवश्यक ठानेर छलफल भएको हो।’ पूर्वएमाले र पूर्वमाओवादी मिलेर २०७५ जेठ ३ गते पार्टी एकीकरण  भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑