विरगंज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ। मंगलबार मात्र मात्र ३१६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ३१ सय ९४ पुगेको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या भने २९ पुगेको छ।