• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    २४ जिल्लामा फैलियो सलह, कता छन् ठूलो झुण्ड ?

  • वीरगंज संजाल
  • १६ असार २०७७, मंगलवार १६:१५
  • ४०१३

    काठमाडौं । नेपालका विभिन्न २४ जिल्लामा सलह भेटिएको छ । मंगलबार बिहान १२ बजेसम्म २४ जिल्लामा सलह रहेको प्लान्ट क्वरिन्टिन तथा विषदी व्यवस्थापन केन्द्र अन्र्तगतको सलस सूचना केन्द्रले जनाएको छ ।

    सलहले मकै, धान, केरा खेतीमा क्षति पुर्‍याएको केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए । क्षतिको अनुमान नभइसके पनि प्रारम्भिक रुपमा बालीहरुमा सलहले असर पुर्‍याएको विवरण केन्द्रमा आएको उनले सुवेदीले बताए ।

    बारा, पार्सा, रौतहट र सर्लाहीमा  देखिएको सलहको झुण्डमा करिक दुई तीन हजारको झुण्डमा मात्रै रहेको थियो । त्यहाँबाट सलह उत्तरतर्फको पहाडी  क्षेत्रमा पुगेको जनाइएको छ ।

    महोत्तरीको बर्दीबास र मकवानपुरगढीमा रहेको सलहको झुण्डको संख्या यकिन नभएको र तिनीहरु जंगल तथा सिन्धुलीतर्फ गएको छ ।

    यस्तै मकवानपुरको बकैया र हेटौँडामा करिब १० लाखको संख्यामा सलहको झुण्ड रहेको केन्द्रको अनुमान छ । त्यहाँ भेटिएकामध्ये केही सलह चितवनतर्फ उडेको केन्द्रले जनाएको छ ।

    यस्तै चितवनमा सोमबार कालिका, शक्तिखोर र रत्ननगरमा एक लाखको संख्यामा सलह देखिएको छ र यो सलह उडेको छैन् ।

    यस्तै सिन्धुलीको भिमानमा दुईदेखि  तीन लाखको संख्यामा सलह भेटिएको छ । उक्त संख्यामध्ये केही काभ्रे र रामेछापतर्फ अघि बढेको सूचना केन्द्रमा आई पुगेको छ ।

    यस्तै रामेछाप, काभ्रे र काठमाडौं उपत्यामा सानो संख्यामा सलह पुगेको छ । यहाँ भेटिएको सलहको छरिएका र निकै कम मात्रामा छ । रुपन्देहीको कालीकानगर, वुटवल र सैनामैनामा करिब ५ देखि ७ लाखको झुण्ड कपिलवस्तु र पाल्पातर्फ गएका छन् ।

    कपिलवस्तुको वाडगंगामा आइतबार ७ हजारभन्दा बढीको झुण्डमा भेटिएको सलह तितिरबितर अवस्थामा छ । असार १४ गते पाल्पा पुगेको सलह करिब ४ देखि ५ लाखझण्डमा रहेको सूचना केन्द्रमा छ ।

    त्यहाँबाट सलह स्याङ्जा र गुल्मीतर्फ उडेको छ । यस्तै स्याङ्जाको कालीगण्डकीमा करिब ५० हजार, दाङको गधवा, तुलसीपुरमा ४ हजारको झुण्डमा सलह छन् ।

    ८ देखि १० लाखको झुण्ड कपिलवपस्तुको बुद्धभूमी, शिवराज र कपिलवस्तु नगरपालिकामा रहेको भेटिएको छ ।

    त्यहाँ रहेको ठूलो संख्याको सलहले उत्तर पश्चिम हुँदै दाङ, प्युठान र रोल्पातर्फ उडेको केन्द्रले जनाएको छ ।

    कास्कीमा झण्डै दुई लाखको झुण्डमा सलह भेटिएको छ । गुल्मी, प्युठान, पाँचथर, उदयपुर, र खोटाङ, कैलालीमा सानो संख्यामा सलह भेटिएको छ ।

    मकवानपुरमा हजार रोपनी मकैबालीमा क्षति

    सलहका कारण भर्खरै रोपेको धानदेखि मकै, तरकारी तथा जंगलको हरियालीमा क्षति पुगेको केन्द्रले जनाएको छ ।

    सलहले मकवानपुरको बकैया र हेटौडामा एक हजार रोपनीमा लगाइएको मकै खेतीमा क्षति पुर्‍याएको सूचना केन्द्रले जनाएको छ ।

    यस्तै बारा, पर्सा, रौतहट र सर्लाहीमा सलहले पोसिलो घाँस खेतीमा मात्रै असर पुर्‍याएको छ । सलहले महोत्तरीमा तरकारी लगायतका बाली नष्ट गरेको छ ।

    चितवनको कालीका, शक्तिखोर तथा रत्ननगरमा बिउ तथा भर्खरै रोपेको धानबालीमा क्षति पुर्‍याएको केन्द्रले जनाएको छ ।

    सिन्धुलीमा जंगल, रुपन्देहीमा केही तरकारी बाली तथा मकै, कपिलवस्तुमा तरकारीबाली तथा धान, पाल्पामा केही बाली तथा जंगल, स्याङ्जामा केराखेती, दाङमा रोपिएको धान, कास्कीमा घाँसे मैदान र कैलालीमा मकैखेती तथा जंगलको रुखमा सलहले क्षति पुर्‍याएको केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑