• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छोरी प्रेमीसँग भागेपछि जरिवाना तोकियो, बाबुले आत्महत्या रोजे

  • वीरगंज संजाल
  • १४ असार २०७७, आईतवार २३:०८
  • १४४५३

    सिराहा । लहान नगरपालिका वडा नम्बर २४ निवासी श्यामलाल रामको घरमा १२ गते शुक्रबार छोरीको डोली उठ्नुपथ्र्यो । बुबा श्यामलालले इष्टमित्रलाई खबर गरिसकेका थिए । दुलाहा पक्षलाई तिर्नुपर्ने दाइजोसमेत बुझाइसकेका थिए । बिहेका लागि चाहिने सबथोक जुटिसकेको थियो ।विडम्वना ! वर्षौंदेखि साँचेको शुक्रबारको खुसी आउनुअघि नै यो परिवारमा बज्रपात आइलाग्यो । नाचगान र भोजभतेरको तयारीमा रहेकाहरू शोकमा छन् ।
    बिहीबार श्यामलालले आत्महत्या गरे ।

    श्यामलालले त्यसै आत्महत्या गरेका होइनन् । उनको मृत्युको कारक समाजमा व्याप्त गलत परम्परा र रीतिरिवाज बनेको छ ।
    छोरी प्रेमीसँग भागेपछि जरिवाना तोकियो

    श्यामलाल पाँच वर्षदेखि वैदेशिक रोजगारीमा थिए । घरमा आमा, बुबा, श्रीमती र दुई छोरीलाई छाडेर साउदी गएका उनी माघ अन्तिम साता घर फर्किएका थिए ।उनकी जेठी छोरीको उमेर १९ वर्ष पुगिसकेको थियो । यो दलित समुदायमा सानै उमेरभन्दा बिहे गरिदिने चलन छ । त्यसैले श्यामलालले पनि छोरीको बिहे गरिदिने सोचे । बुबा र श्रीमतीसँग घरसल्लाह गरेपछि केटाको खोजी गरे ।छिमेकी जिल्ला सप्तरीको सुरुङ्गा नगरपालिका–४ महुलियामा बन्दी रामका छोरा महेशसँग बिहे पक्का भयो । दाइजोबापत नगद २ लाख रुपैयाँ र चार तोला सुन ३२ जेठमा बुझाएका थिए । दाइजो बुझाएपछि असार १२ गते शुक्रबार बिहे हुने तय भयो ।तर, श्यामलालकी छोरी अर्कै युवकसँग प्रेमसम्बन्ध थिइन् । बाबुले अर्कै केटासँग बिहे पक्का गरेर दाइजो बुझाएको थाहा पाएपछि उनी प्रेम सम्बन्धमा रहेका युवकसँग भागिन् ।यसपछि सुरु भयो श्यामलालमाथि बज्रपात । जब केटा पक्षले केटी भागेको थाहा पाए, गाउँमा पञ्चायत (भेला) बसाए । याउँमा हुने यस्ता समस्याको समाधान स्थानीय तहको न्यायिक समितिमार्फत गरिनुपर्ने हो, तर पुरानै चलन अनुसार गाउँलेहरुको ‘पञ्चायती’ बैठक बस्यो ।

    १० असारमा गाउँमा बसेको पञ्चायतमा जातीय मेनजन (मुखिया), अग्रज र कुटुम्बको सहभागिता थियो । सबै मिलेर एउटै निर्णय सुनाए, ‘श्यामलालले विवाह तय गरेर दाइजोसमेत बुझाइसकेपछि छोरी अर्कैसँग भागिन् । त्यसैले उनले ६० हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ ।’समाजको न्याय पनि कस्तो ! श्यामलालले दाइजोवापत दिएको २ लाख रुपैयाँ र चार तोला सुन फिर्ता गर्ने कुरै भएन । श्यामलाललाई रातभर निन्द्रा लागेन ।त्यही रात केटा पक्षबाट सन्देश आयो, जेठी छोरी भागे पनि पनि कान्छी छोरीसँग विवाह गर्न तयार छौं ।’
    श्यामलालले धेरै सोचे । कान्छी छोरीको उमेर १५ वर्ष मात्र थियो ।

    ‘जेठी छोरीका निम्ति २ लाख दाइजो र चार तोला सुन दिइसकेकाले बाध्य भएर श्यामलालले कान्छी छोरी दिने निर्णय गरे,’ उनका काका योगेन्द्र भन्छन्, ‘कानुनअनुसार १५ वर्षमा विवाह गर्न मिल्दैन । तर, सामाजिक बाध्यतामा परेर हामी यो निर्णयसम्म पुग्यौं ।’श्यामलालले बिहानै आफ्नो समुदायका अगुवाहरूलाई एकत्रित गरे र केटा पक्षबाट आएको प्रस्ताव सुनाए । कतिपयले त्यसलाई ठिकै हो भने । तर, जातीय अगुवाले तोकिएको ६० हजार जरिवाना तत्कालै दिनुपर्ने उनीहरुले शर्त राखे ।‘श्यामलालले बिन्ति गरे । तर, कसैले उनको कुरा सुनेनन्’ उनका काका योगेन्द्र राम भन्छन्, ‘पहिला जरिवाना तिरेपछि मात्रै अर्की छोरीको विवाह गर्न दिने अडान कसे ।’

    गाउँमा जातीय मेनजन (मुखिया) श्यामलालका काका योगेन्द्र थिए । तर उनको केही चलेन यो निर्णयमा । ‘पञ्चायतमा त मलाई अपराधीजस्तो बनाइएको थियो’ योगेन्द्र भन्छन्, ‘हाम्रो घरबाट छोरी अर्कै केटासँग गएपछि मलाईसमेत दोषी देखाइयो ।’६० हजार जरिवाना तिर्नैपर्ने भएपछि श्यामलाल एकछिनमा आउँछु भनेर पञ्चायतबाट निस्किए । तर, कहिल्यै फर्केर आएनन् ।नी गोविन्दपुर–झुटकी जाने बाटोको बीचमा पर्ने ‘सरे’ खोलास्थित आँपको बोटमा झुण्डिएको अवस्थामा भेटिए ।
    श्यामलालका सन्तानका रुपमा दुई छोरी मात्रै छन् ।


    यदि पञ्चायतले जरिवाना तिरेपछि मात्रै छोरीको बिहे गर्नुपर्ने शर्त नराखेको भए १२ गते कान्छी छोरीकै बिहे गर्न राजी भएका थिए उनी । जरिवाना तिर्नैपर्ने निर्णय आएको थिएन भने अहिले उमेर नपुगेकी कान्छी छोरीको हातमा मेहन्दी हुन्थ्यो । तर, अहिले उनी पिताको किरिया बसेकी छन् ।उमेरले डाँडा काटिसकेका श्यामलालका आमाबुबा गेनावती र नथुनी जीवितै छन् । श्यामलालकी श्रीमती सुनैरदेवी भावविह्वल अवस्थामा छिन् । कमाएर परिवार पाल्ने जिम्मेवारी श्यामलालकै काँधमा थियो । उनको मृत्युले परिवारलाई शोकमा त डुकाएको छ नै, छाक टार्नसमेत समस्या पर्ने अवस्था सिर्जना भएको छ ।श्यामलालको परिवारले दिएको जानकारी अनुसार दाइजो लिएर जाने केटा पक्षले अहिले पनि कान्छीसँग बिहे गर्ने प्रस्ताव गरिरहेकै अवस्था छ ।

    दलित समुदायको कुप्रथा

    श्यामलालको आत्महत्याले तराईमा बसोबास गर्ने चमार जातिमा कुप्रथा कति जकडिएको छ भन्ने देखाउँछ । जसरी उनीहरूले २०५८ मा सिनो फ्याँक्ने आन्दोलन गरे, त्यसरी नै अब दाइजो र कथित ‘पञ्चायत’को कुप्रथाविरुद्ध लड्नुपर्ने भएको छ ।लहान वडा नम्बर २४ का अध्यक्ष कमलदेव यादव स्वजातीय पञ्चायतले सीमा नाघेर श्यामलाललाई जरिवाना सुनाएको बताउँछन् । ‘पञ्चायतले न्यायाधीश बन्ने काम गरेको छ । यस्ता निर्णय गर्नेहरू अपराधी हुन्’ उनले अनलाइनखबरसँग भने ।इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक शरदकुमार क्षेत्री थापाले पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाउने बताए ।सिरहाका अधिकारकर्मी सुनिल साह श्यामलाललाई समाजद्वारा संरक्षित हानिकारक सामाजिक मान्यताले आत्महत्या गर्न बाध्य बनाएको बताउँछन् । ‘आत्महत्याका घटनालाई मैले “बाध्यात्मक हत्या” भनेर विश्लेषण गदै आएको छु’ उनी भन्छन्, ‘कुनै पनि व्यक्तिले एक क्षण आवेगमा आएर आफ्नो ज्यान लिँदैन । यस घटनाका पछाडि धेरै कारण हुन्छन् । धेरै कारकले भूमिका खेलेको हुन्छ ।”

    अधिवक्ता समेत रहेका साह यस्ता घटनामा संवेदनशील भएर विश्लेषण हुनुपर्ने बताउँछन् । तर, भित्री तहसम्म अनुसन्धान गर्ने परिपाटी प्रहरीमा अझै सुरु हुन नसकेको भन्दै उने भने, ‘समाजले आत्महत्या गर्ने व्यक्तिलाई दोषी करार गरिदिने र अनेक उपनाम जस्तै हुतिहारा, केही गर्न नसक्ने कमजोर मनस्थिति भएको, परिस्थतिसँग सामना गर्न नसक्ने, असफल व्यक्ति भनी होच्याउने गरेको पाइन्छ । सुरक्षा निकायले समेत भित्री तहसम्म अनुसन्धान गर्ने गरेको छैन ।’उनका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को (१) उपदफामा कसैले कसैलाई पनि आत्महत्या गर्न दुरुत्साहन गर्न वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन भन्ने उल्लेख छ । उपदफा २ ले आत्महत्याका लागि दुरुत्साहनको कसुर गर्नेलाई पाँच वर्ष कैद सजाय र ५० हजार रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था गरेको छ ।

    त्यसैगरी विवाहमा दाइजोका नाममा नगद वा चल÷अचल सम्पत्ति लिनेमाथि पनि कानूनले रोक लगाएको छ । श्यामलालकी छोरीको बिहे नहुँदै दाइजो लिनेहरु पनि कानूनको नजरमा दोषी हुन् । जेठी छोरीका लागि दाइजो लिनु र त्यसलाई पचाउन उमेर नपुगेकी वालिकासँग बिहे गर्नु अर्को अपराध हो ।श्यामलालकी जेठी छोरी जो, आफैंले रोजेको प्रेमीसँग भागिन्, त्यो उनको अधिकार हो । तर, पिताले अरुलाई दाइजो नबुझाउँदै उनले आफ्नो प्रेमीबारे जानकारी दिएको भए श्यामलालले आत्महत्या गर्नुपर्ने परिस्थिति आउने थिएन कि ?onlinekhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑