• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा सैलुन र पार्लर खोल्न देउ भन्दै प्रदर्शन

  • वीरगंज संजाल
  • १४ असार २०७७, आईतवार २१:४६
  • ६१७३

    वीरगन्ज ।अनिल साह। वीरगञ्ज–५ रेशमकोठीका धीरेन्द्र ठाकुरले कोठा भाडामा लिएर सैलुन खोलेका छन् । मासिक ३५ हजार भाडा लाग्ने सैलुन लकडाउनका कारण तीन महिनादेखि बन्द छ । साहुले भाडा मागिरहेका छन् ।‘साहुले भाडा चाँडै दिनुस् भनिरहेका छन्, कारोबार शून्य छ । बचेको थोरै पैसा पनि लकडाउनमा सकियो । अब म कहाँबाट पैसा ल्याएर दिउँ ?उनको जस्तै पीडामा छन्, वीरगञ्ज–७ रामटोलका चन्दन ठाकुर । उनको माईस्थान मन्दिर पछाडि सैलुन छ । ‘सैलुन भाडा त मासिक १० हजार हो, साहुले मागिरहेका छन् । तर कसरी तिर्न सक्नु,’ उनले भने, ‘बैङ्कबाट लिएको ऋणको किस्ता तिर्न पनि तोकता गरिरहेका छन् । जसरी पनि लेउ भन्छन् । पैसा नै छैन कसरी दिने ?
    ’
    वीरगञ्जमा ५ सयको हाराहारीमा सैलुन छन् । लकडाउनले गर्दा तीन महिनादेखि बन्द छ । सैलुन खोलिएको घरका घरबेटीले भाडा माग्न थालेका छन् । केही दिनयता वीरगञ्जमा अन्य पसलहरू खुल्न थालेका छन् । तर सैलुन र ब्युटीपार्लर खोल्न दिइएको छैन । वीरगञ्जमा ३ सयको हाराहारीमा ब्युटीपार्लर सञ्चालनमा छन् । लकडाउनअघि विभिन्न स्थानमा ब्युटीसियनसम्बन्धी तालिम पनि सञ्चालनमा थिए ।नेपाल ब्युटीसियन संघ पर्साका अध्यक्ष उर्मिला थापा पार्लर खोल्न नपाउँदा भाडा तिर्न मात्रै नभएर घर व्यवहार धान्न मात्रै समस्या हुन थालेको बताउँछिन् । ‘कसैको घरबेटीले पूरै भाडा मागेका छन्, कसैले अलिअलि गरेर दिनु भनेका छन्,’ उनले भनिन्, ‘सरकारले भाडा छुट गर्न भनेको छ नि भन्दा सरकारले आएर घर चलाइदिन्छन रे ? भन्ने जवाफ दिन्छन् ।’उनका अनुसार लकडाउनले एक रुपैयाँ पनि आम्दानी नभएको अवस्थामा भाडा दिन सक्ने स्थिति छैन ।

    ब्युटीसियसन संघमा २ सय ६० जना सदस्य छन् । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल नाई संघ पर्सा र ब्युटीसियन संघ पर्सा मिलेर आइतबार वीरगञ्जमा विरोध प्रदर्शन गरेका छन् ।वीरगञ्जको घण्टाघरमा सैलुन र पार्लर खोल्न पाउनुपर्ने माग राखेर उनीहरूले लकडाउनको भाडा मिनाहा गरियोस्, तत्काल राहत प्याकेजको घोषणा गरियोस्, बैङ्कबाट लिएको ऋणको ब्याज मिनाहा गरियोस्, नि:शुल्क कोरोना जाँचको व्यवस्था गरियोस् लगायतका नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।नाई संघ पर्साका उपाध्यक्ष चिरञ्जीवी ठाकुरले सैलुन र पार्लर खोल्न पाउनुपर्छ भनेर प्रदर्शन गरिएको बताए । ‘कोरोनाको डर हामीलाई नभएको हैन, बालबच्चा परिवार हाम्रा पनि छन् ।

    न राहत पाएको छ न भाडामा छुट नै,’ ठाकुरले भने, ‘तीन महिनासम्म त सहेर बसेकै हो, अब कति सहने ? आम्दानी नहुँदा दैनिक गुजारा गर्न कठिनाइ भइरहेको छ ।’संघका अध्यक्ष नीसार अहमदले स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सैलुन र पार्लर खोल्न पाउनुपर्ने धारणा व्यक्त गरे ।नेपाल सरकार मन्त्रिपरिषद् बैठकले जेठ २८ गते लकडाउन खुकुलो गर्दै खोल्न पाउने र नपाउने व्यवसायहरूको सूची जारी गरेको थियो । सैलुन र पार्लर खोल्न नपाउनेमा परेको छ । त्यसपछि सरकारले अर्को सूचना जारी गरेको छैन ।पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सरकारले अर्को निर्णय नगरेसम्म सैलुन र पार्लर खोल्न नपाइने बताउँछन् । ‘सरकारले सैलुन ब्युटीपार्लर खोल्न नपाउने व्यवसायमा राखेको छ । जिल्लालाई निर्णय गर्न सक्ने अधिकार दिएको छैन,’ उनले भने, ‘अर्को निर्णय नआएसम्मका लागि त्यहाँ पालना गर्नुको विकल्प छैन ।’
    प्रशासनलाई ज्ञापन पत्र

    आवश्यक सावधानी अपनाएर सैलुन खोल्न पाउनुपर्ने माग गर्दै नाई संघले इलाका प्रशासन कार्यालय सिमरामा ज्ञापन पत्र बुझाइएको छ ।संघको जीतपुरसिमरा नगर कार्यसमितिले इलाका प्रशासन प्रमुख लक्ष्मण ढकाललाई ज्ञापन पत्र बुझाइएको हो । लकडाउनका कारण व्यवसाय बन्द हुँदा नाई श्रमिकहरूमा उत्पन्न समस्याको समाधान गरिदिन संघले ज्ञापन पत्रमार्फत आग्रह गरेको छ ।नगर कार्यसमिति अध्यक्ष दिपक ठाकुरद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा नाई श्रमिकहरूलाई सरकारले अनिवार्य मास्क, सेनिटाइजरलगायत व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराई सैलुन सञ्चालन गर्न पाउने व्यवस्था मिलाइदिन माग गरिएको छ ।त्यसैगरी नाई श्रमिकहरूलाई लकडाउन अवधिको कोठा र पसल भाडा छुट, बैङ्क तथा सहकारीहरूबाट लिएको ऋणको ब्याज छुट, निःशुल्क स्वास्थ्य बिमा र राहतको व्यवस्था गरिदिनुपर्ने माग उनीहरूको छ । माग सम्बोधन नभए स्वेक्षिक रुपमा सैलुन सञ्चालन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑