ठोरी । ठोरी गाउँ पालिका वडा नम्बर ३ सिकारी बासका कृषकहरुले लगाएको चैते धानलाई समेत जंगली हात्तीको बथानले विनाश गर्न थालेको छ ।
ठोरी ३ सिकारी बासका कुषक राम अौतार चौधरी ले लगाएको पाच कठ्ठा खेतको चैते धानमा बच्चा सहितको जंगली हात्तीको बथानले हिजो राति ९ बजे को समयमा आएर विनाश गरेको हो । भित्र्याउने बेला भएको धान विनाश गर्नुका साथै हात्तीको बथानले ठोरी ३ सिकारी बाँस बस्ती नै रातभर आतङ्कित बनाएको स्थानीय युवा राजेन्द्र चौधरीले ठोरी नेपाल पेज लाई जानकारी दिनु भयो ।
सामान्यतः असोज देखि मंसिरसम्म बर्षे धानबाली भित्र्याउने समयमा ठोरी क्षेत्रमा जंगली हात्तीको आतंक बढ्ने गर्छ । तर पानीको सुबिधा रहेका ठोरी गाउँ पालिका केहि गाउँहरुमा कृषकहरुले चैते धान लगाएकोमा त्यसमा पनि हात्तीको आँखा परेसंगै असारमा पनि जनधनको क्षती हुने डर बढेको सिकारी बासी हरुको भनाई छ ।
स्थानीयको गुनासो “यसरी मुखैमा आएको धानबाली हात्तीको बथानले बिनाश गरेता पनि जनप्रतिनिधि भने बेखबर जस्तै देखिएका छन् । थाहा छैन जनप्रतिनिधि ध्यान कहिले पुग्ने हो ?