• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मधेश

    वातावरण जिउने आधार वीरगंजद्वारा अन्तरकृया कार्यक्रम सम्पन्न,वातावरण जोगाउन सबैले हातेमालो गर्नुपर्ने नेता रुंगटाको भनाई

  • वीरगंज संजाल
  • १४ असार २०७७, आईतवार ११:४९
  • २९२९

    वातावरण सम्बन्धि काम गर्ने युवाहरुको एक टिम तथा वातावरण जिउने आधार वीरगंजको आयोजनामा वीरगंज उद्योग बाणिज्य संघको सभाहलमा शनिबार यससंग सम्बन्धित संघ संस्था, स्थानीय जनप्रतिनिधि, सरोकारवाला र सन्चारकर्मीहरु बीच अन्तरकृया सम्पन्न गरेको छ ।

    सो अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि समेत रहेका संबिधान सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता अनिल रु·टाले पर्यावरणको संरक्षणमा गम्भिर भएर लाग्नु पर्ने बेला आएको बताउनु भएको छ । उहाँले वतावरणलाई दुषीत बनाउन कसैले पनि नपाउने कुरालाई ख्याल राख्नु पर्नेमा जोड दिनु भयो । बीरगंजको बीच भएर बग्ने श्रीसिया नदिको चर्चा गर्दै नेता रु·टाले श्रीसिया जलचर बिहिन हुनमा उधोगहरु दोषी रहेको बताउनु भयो ।

    उहाँले औधोगिक बिकास हुनु पर्ने कुरामा असहमत हुन नहुने बताउदै नदीको संरक्षणमा उधोगहरु जिम्मेवार हुुनु पर्नेमा जोड दिनु भयो । उहाँले आफनै उधोगको उदाहरण दिदै आफूले उधोगमा ४० लाखको लागतमा वाटर ट्रिटमेन्ट प्लान्ट लगाएर प्रशोधित पानी मात्र छोडने गरेको बताउनु भयो । उहाँले सबै उधोगहरुले यस्तो प्लान्ट लगाउनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले उधोग स्थापना हुनु पूर्व त्यस्तो प्रकृतिका उधोगहरुले वाटर ट्रिटमेन्ट प्लान्ट लागउनु पर्ने कुराको सुनिश्चतता गरिनु पर्नेमा जोड दिनु भयो । उहाँले अबको संसारमा वातावरण संरक्षणको बिषय नै प्रमुख बिषयका रुपमा आउने तर्फ सचेत रहन आग्रह गर्दै जीवनलाई सहज बनाउने नाममा अरुको अस्तित्वलाई नामेटनु पर्नेमा जोड दिनु भयो ।

    कार्यक्रममा नेपाल नेत्र ज्योती संघका बरिष्ठ उपाध्यक्ष श्याम पोख्रेलले वातावरणको संरक्षण मानव सभ्याताकालागि आवश्यक भएको बताउदै त्यसको शुरुवात आफैबाट गर्नु पर्ने बिचार ब्यक्त गर्नु भयो ।

    नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले स्वच्छ वातावरण पाउने कुरा नागरिकको मौलीक हक भएको बताउनु भयो । संबिधानले नै स्वच्छ वातावरणमा बाँच्न पाउने कुराको सुनिश्चितता गरेको भन्दै सरकारहरु नागरिकलाई यो अधिकार प्रत्याभूत गर्ने दायित्वबाट भाग्न नपाउने बताउनु भयो । उहाँले समाजमा सरसफाईको अवस्था नाजुक हुनुका पछाडि ब्यक्ति समुदाय र सरकार दोषी रहेको चर्चा गर्दै अनुशासीत र सरसफाई युक्त जीवन जीउन नचाहने ब्यक्तिगत आनीबानीले सामाजिक स्वीकारोक्ती पाएकोले बीरगंज सफा हुन नसकेको उहाँले बताउनु भयो ।

    कार्यक्रममा सानो पाइलकाका कार्यकारी निर्देशक कन्चन झाले बीरगंजमा सेन्टर पार्कको आवश्यकता रहेको बताउनु भयो । उहाँले वातावरणीय हिसाबले राम्रो शहर बनाउने कुराको कामको शुरुवात युवाले गर्नु पर्नेमा जोड दिनु भयो ।

    कार्यक्रममा वतावरण जिउने आधारका केन्द्रीय अध्यक्ष आकाश चौहानले बीरगंजमा गरिएको बृक्षारोपण र त्यसको अब्यवस्थापनको प्रभावका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्रमा वहाँले आदर्शनगरमा रोपिएका रुख तथा विरुवाहरु मापदण्ड विपरित रोपिएको जानकारी गराउनु भयो । मापदण्ड विपरित सो रुख रोप्ने व्यक्ति वा संस्था जो भएपनि सो व्यक्ति वा संस्थाको साहसप्रति वहाँले बधाई तथा प्रशंसा समेत गर्नुभएको थियो । कार्यक्रममा संस्थाको क्षेत्रिय उपसंयोजक बिकास चौहानले वीरगंजलाई यहाँका नेताहरुले शोषित मात्र गरेको, २० वर्षपछि, वीरगंज बासीले पाएको स्थानीय सरकारसंग धेरै आशा र विश्वास गरेका थिए । तर बितेको ३ वर्ष हेर्दा ती आशाहरु सबै मरेर गएको बताए ।

    कार्यक्रममा बीरगंज महानगरपालिका कार्यपालिका सदस्य अरविन्द गुप्ता, डा.सुष्मा तिवारी, नेपाल रेडक्रस सोसाइटी प्रदेश २ का अध्यक्ष फूलमहम्मद मिया, बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई ,बीरगंज ग्रिनसीटीका अध्यक्ष प्रकाश खेतान, व्यवस्थित वीरगंजका संयोजक दिलिपराज कार्की, भोलेन्टियर समुह बिरगंजका संयोजक राजन श्रीवास्तव, वातावरण जिउने आधारका केन्द्रिय उपाध्यक्ष रुपक पटेल, निशि ताम्राकार लगायतले आफना बिचार ब्यक्त गर्नु भएको थियो ।

    वातावरण जिउने आधार वीरगंजका उपाध्यक्ष सौरभ बर्णवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्रीन आर्मीका क्याप्टेन राजा गुप्ता कलवार, कार्यक्रम संचालक पवन पटेल, प्रोजेक्ट मैनेजर प्रभाकर चौरसिया,रवि यादव, मयंक रौनियार, दिपु बर्णवाल,मुस्कान श्रेष्ठ,गरिमा पाण्डे, साहिद नवाज, रित्तक श्रीवास्तव,आकाश दस, शुभम सर्राफ,अनुज गुप्ता लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण बिवेक कर्णले गरेका थिए ।

    सो अन्तरक्रिया कार्यक्रमको सह-आयोजक वीरगंज उद्योग बाणिज्य संघ वीरगंजले गरेको थियो भने भाेलेन्टियर संस्थाकाेे सहयोग प्रप्त रहेको  थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑