गुल्मी | शनिबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या २ सय ७८ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए। संकमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका ९ जना, रेसुंगा नगरपालिकाका १ जना, छत्रकोट गाउँपालिकाका ८ जना, र ठेगाना नखुलेका ३ जना रहेको आचार्यले जानकारी दिए। संक्रमण देखिएका सबै भारतबाट आएका स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।
ठेगाना नखुलेकाहरुको पहिचान गर्ने कार्य जारी रहेको आचार्यले जानकारी दिए। जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ। ३४ जनाले कोरोना जिते गुल्मीमा हालसम्म ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका स्वास्थ्य कार्यालयले जनाएको छ। आचार्यका अनुसार रेसुंगा नगरपालिकाका १७ जना, इम्मा गाउँपालिकाका १० जना, मदाने गाउँपालिकाका १, चन्द्रकोट गाउँपालिकाका १ जना, धुर्कोट गाउँपालिकाका १ जना, गुल्मीदरबार गाउँपालिकाका २ जना र मालिका गाउँपालिकाका २ जना गरी कुल ३४ संक्रमित डिस्चार्ज भएका छन्। शुक्रबार मात्रै इम्मा गाउँपालिकाले तयार पारेको आइसोलेसनबाट एकै पटक १० जना घर गएका आचार्यले जानकारी दिए।