पोखरा । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको अध्यावधिक तथ्यांक अनुसार लमजुङका ६ जना, कास्कीका एकजना, गोरखाका ५ जना र पर्वतका २ जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ७ जना र राष्ट्रिष जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७ जना कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको हो ।