• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस

  • वीरगंज संजाल
  • १२ असार २०७७, शुक्रबार ०७:३७
  • ७७६५

    वीरगंज | अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस-हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रुपमा मनाउने निर्णय संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ। यस दिनको एउटा मात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारबाट मुक्त गराउनु हो। यस वर्षको नारा भनें यूवा र बालबालिकाका कुरा सुन्नु नै उनीहरुलाई स्वास्थ र सुरक्षित राख्ने प्रथम चरण हो भनेर उल्लेख गरिएको छ। वास्तवमा घर परिवार अनि समाजले आफ्नो कुरा र आवाज नसुनिदिएकाले नै धेरै यूवाहरु लागुऔषधको दलदलमा परेको पाइन्छ, तसर्थ यूवाहरुको अनि बालबालिकाको पनि कुरा सुनिदिने वातावरणको आवश्यक्ता धेरै छ।

    कहिले यति लागु औषधका साथ यति जना समातिए अनि कहिले यति जनालाई यो साम्रगी बनाँउदा बनाँउदै पक्राउ लगायत बिभिन्न अन्य समाचारहरु हामीले नेपाल अनि विश्व परिपेक्ष्यमा सुन्दै आएका छौं,  झन यसपाली त सुन तस्करको लर्कोले नेपाललाई नै काले र गोरेको बिभिन्न बयान अनि उत्खननसंग नजिक लगेको छ। यसै परिपेक्ष्यमा आज हामी अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको बारेमा केही जानकारी गराउनेछौं।

    विश्वमा अधिकांश लागुऔषधका प्रयोगकर्ता अनि कारोवारीहरु यूवा नै छन् किनभने यो उमेरमा मान्छेहरु अत्यन्त जोखिम अनि तरल अवस्थामा हुने गर्दछन् भनेर मनोविज्ञहरुले बताँउदछन्। अझ थोरै समयमा धेरै पैसो कमाउने लालसा अनि नशाको लतले त झन यूवाहरुलाई जोखिमको घेरामा राखिरहेको पाइन्छ। विश्वमा गएको शताव्दीबाट लागुऔषधको कारोवारको गुणा धेरै बढेको पाइन्छ, लागुऔषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १९०००० मान्छे मर्ने गर्दछन् भने यसको प्रयोग गर्ने मान्छेहरुको सख्याँ यकिन गर्न सक्ने अवस्थामै छैन्। सन् २००१ मा भारतमा सरकार अनि अल ईण्डिया मेडिकल स्कुलको संयूक्त सर्भेक्षणले करिब ७ करोड २५ लाख मान्छे लागुऔषध प्रयोग गर्ने पाइएको थियो भने यो सख्याँ अहिले आएर १७ वर्षपछि दोब्बर भन्दा धेरै भएको अनुमान छ। खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपाल पनि यस समस्याबाट अछुतो छैन्, लागु औषध कारोवारले अपराध र अराजकता निम्त्याउने पक्का त छ नै साथै बिभिन्न रोगहरु जस्तै एचआईभी, हेपाटाईटीस लगायतहरु पनि यसैकारणले पनि सर्ने गर्दछ।

    नेपालमा पनि लागुऔषधको कारोवार र प्रयोग सन् १९६० पछि देखि बढ्दै गएको पाइन्छ, गाँजाको अनाधिकृत खेती र प्रयोग अनि भारतबाट सहजै आयात गर्न मिल्ने पदार्थ र फितलो राज्यव्यवस्थाका कारणले अहिले नेपाल पनि लागुऔषधको कार्यभूमि बन्दै आएको बताइन्छ । उता ओखती अनि डाक्टरी कागजको उपयोग गरेर बिभिन्न लागुऔषध किनेर खाने र सुई हान्नेको जमात पनि नेपालमा बढ्दो छ जुन अत्यन्त दुख्खलाग्दो कुरा हो। सडक बालबालिकाले डेन्ड्राइट नामक सुँघेर नशा लाग्ने तत्वको प्रयोग खुलेयाम गरिहँदा पनि प्रशासन लगभग मौननै देखिंन्छ। नेपालका बिभिन्न शहरहरुमा व्यवसायिक रुपमै खोलिएका दुव्र्यसन सुधार केन्द्रहरु अनि तिनको व्यवसायिक सफलताले हाम्रो वास्तविक अवस्था बयान गरिरहेको छ। अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध नेपाली सरकार, समुदाय अनि सरोकारवालाले यस विषयमा संवेदन शिलताका साथ हातेमालो गर्नुपर्ने देखिंन्छ।

    लागु औषधको सेवनले हिरो हैन जीरो बनाँउदछ भन्ने कुराहरु आउँदा नेपाली पुस्तालाई दिन जरुरी छ। चुरोटका ठुटाबाट खोक्दै शुरु गरेको नशायात्रा गएर कहाँ अनि कति खेर सकिंन्छ थाहा हुँदैन्, जीवनमा रस खोजौं नशा हैन भन्ने कुराको जानकारी सबैलाई गराउन पर्ने देखिन्छ।

    उता नेपालमा कमजोर राज्यव्यबस्थाको उपयोग गर्दै लागुऔषध तस्करका ठुलै सञ्जाल सक्रिय रहेको पनि बताइन्छ। उनीहरुको सञ्जाल बिमानस्थल, भन्सार, सिमा अनि आयात-निर्यात केन्द्रमा प्रभावशाली रहेको पाइन्छ। सामान्य बैदेशिक कामदारले ल्याएको टिभीको पनि खोलेर तलाशी लिने अनि दुःख दिने सरकार अनि कर्मचारीको नाकैमुनीबाट हजारौं किलो लागुऔषध ल्याइन्छ तर त्यो भने देखिन्न। आजको दिन हामी सबैले लागुऔषधको कारोवार र तस्करका बिरुद्ध एक हुनपर्ने अनि त्यसै अनुसारको कानुन र त्यसको प्रभावकारी पालनका लागि पैरवी गर्नुपर्ने देखिन्छ। अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसमा सबैको यसतर्फ ध्यान जाओस्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑