वीरगंज | गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको हो। गण्डकी प्रदेशको चार जिल्लाहरू तनहुँ, स्याङ्जा, बाग्लुङ् र पूर्वी नवलपरासीमा सङ्क्रमित बिरामी भेटिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका र गौडाकोट नगरपालिकामा गरेर २१ जनामा सङ्क्रमण पुष्टि भएको हो। त्यस्तै तनहुँमा २ र बाँकी जिल्लामा एक एक जनामा सङ्क्रमण देखिएको हो।सङ्क्रमित बिरामीलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा ल्यैजाने तयारी भइरहेको छ। योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७ सय ९२ पुगेको छ।