विरगंज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार ४३४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार एक सय ६२ पुगेको हो ।मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना जित्नेको संख्या भने दुई हजार ६ सय १६ पुगेको छ ।