वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकामा दुई पक्षबिच भएको झडपका क्रममा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
छिपहरमाइ गाउँपालिका वडा नं ८ मा बिहीबार बिहान एक युवकलाइ सशस्त्र प्रहरीले कुटपिट गरेको थियो । सोही निहुँ भएको विवादले उग्ररुप लिएपछि झडप भएको हो ।विवादलाइ सामसुम पार्न आएका वडाध्यक्ष मौजिलाल साह कानु र नेकपाका राजन गुप्ताको समुह बिच झडप हुँदा एक दर्जन घाइते भएका हुन् ।
घाइते हुनेहरुमा वडाध्यक्ष पक्षका दिपक गुप्ता, उदय साह, विकास साह, वृजभुषण साह, लगायतका रहेका छन् भने अर्को पक्षका नेकपाका राजन गुप्तासहित विट्टु गुप्ता, अजय साह, अनिल साह लगायतका रहेका छन् ।घाइतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ ।
हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरीयाको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । अवस्था अझै तनावग्रस्त रहेको जनाइएको छ ।घटना सम्बन्धी थप विवरण आउन बाँकी छ ।