• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अध्ययन भन्छ– धेरै बसिरहनु क्यान्सरको जोखिम

  • वीरगंज संजाल
  • ११ असार २०७७, बिहीबार ०७:४७
  • ३१९७

    एजेन्सी । काम गर्दा होस् या खालि बस्दा, तर लामो समय हलचल नगरि बसिरहनु शरीरका लागि राम्रो होइन भनेर स्वास्थ्यकर्मीहरुले धेरैपटक भनिसकेका छन् । स्वास्थ्यलाई हानि पुर्याउँछ भनेरै उनीहरुले कम्प्युटरमा बसेर दिनभर काम गर्ने कर्मचारीहरुलाई समय समयमा हिँडडुल गर्न सुझाव दिने गरेका छन् । र हालै गरिएको एक अध्ययनले यो विषयलाई अझ गम्भीरतापूर्वक लिनुपर्ने संकेत दिएको छ । गत बिहीबार जामा ओन्कोलोजीमा प्रकाशित नयाँ वैज्ञानिक रिसर्चका अनुसार एकदम धेरै बसिरहने गर्नाले क्यान्सरको जोखिम उल्लेखनीय रुपमा बढाइदिने गर्दछ । युनिभर्सिटी अफ टेक्ससको ‘एमडी एन्डर्सन क्यान्सर सेन्टर’ की प्रोफेसर डाक्टर सुसनका अनुसार हलचल नगर्नु र क्यान्सरबाट हुने मृत्यु बीच स्पष्ट रुपमा बलियो सम्बन्ध प्रस्तुत गर्न सफल यो पहिलो अनुसन्धान हो ।

    तर यसैमा हामीले ३० मिनेटको बसाइँलाई हलुका, मध्यम वा कडा शारीरिक गतिविधिले प्रतिस्थापन गर्न सक्यौँ भने चाहिँ त्यस प्रकारको जोखिम कम गर्न सकिने सुसनले थप बताएकी हुन् । उनले भनेकी छन्, “यो खोजले के देखाउँछ भने स्वस्थ रहन थोरै बस्ने र धेरै हलचल गर्न महत्वपूर्ण छ । ”यस अध्ययनका लागि २००९ देखि २०१३ सम्म ८ हजार मानिसहरुलाई सातै दिन नियमित ट्रयाकिङ डिभाइस लगाउन भनिएको थियो जसले मान्छे कति घण्टा हिँड्छ भन्ने डाटा संकलन गर्दछ । अध्ययनको सुरुवातमा कुनै पनि सहभागीलाई क्यान्सर  भएको थिएन । यी सबै सहभागीहरु ‘रिगार्डस’ नामक ठूुलो स्तरको अध्ययनका हिस्सा थिए । यस अन्र्तगत ४५ कटेका तीस हजार बढी अमेरिकी नागरिकहरुलाई छनोट गरिएको थियो जसलाई नेस्नल इन्सटिटीउट अफ हेल्थले प्रायोजन गरेको हो ।

    यसरी पाँच वर्षको लगातार अध्ययनपछि वैज्ञानिकहरुले शरीर धेरै हलचल नगर्ने र बसिरहनेहरु, हिँडडुल गरिरहनेको तुलनामा क्यान्सरबाट मृत्यु हुने खतरा ८२ प्रतिशत बढी रहेको पत्ता लगाएका हुन् । यसमा सबै उमेर, लिङ्ग र रोगको अवस्थामा यो लागू हुने पाइएको छ । यस अगाडिका रिसर्चहरुले पनि क्यान्सरबाट हुने ५० प्रतिशत मृत्युलाई स्वस्थ जीवनशैली जस्तै राम्रो डायट, एक्सरसाइज र धुम्रपान रहित जीवन मार्फत रोकथाम गर्न सकिने देखाइसकेको छ । तर बसिरहनु र क्यान्सरबीचको सम्बन्धका बारेमा भने उल्लेखनीय डाटा प्राप्त भएको थिएन । यस्तोमा यो रिसर्चका क्रममा चाहिँ सहभागीहरुले फिटनेस ट्रयाकिङ डिभाइस लगाएको हुँदा वैज्ञानिकहरुले उचित रुपमा एक्सरसाइजको प्रभावबारे राम्ररी अनुसन्धान गर्न पाएका हुन् ।

    उनीहरुका अनुसार मान्छेले तीस मिनेटको बसाइँलाई हल्का हिँडडुल गर्नु जस्तो सामान्य शारीरिक गतिविधिले प्रतिस्थापन गर्दा पनि क्यान्सरको जोखिम ८ प्रतिशतले कम गर्न सक्छ । डाक्टर सुसन भन्छिन्, “यसकारण नै मेरा बुवाआमासँगको कुराकानी सधैँ शारीरिक व्यायामबाट सुरु हुने गरेको छ, कि उहाँहरुसँग किन एक्सरसाइजका लागि समय छैन । म उहाँहरुलाई हरेक दिन, प्रति घण्टा कम्तीमा पनि पाँच मिनेट उभिने गर्न वा लिफ्टको सट्टा भर्याङको प्रयोग गर्न भन्ने गर्दछु । सुन्दा खेरि यो केही होइन जस्तो लाग्न सक्छ तर वास्तवमा यति गर्नुले पनि क्यान्सर विरुद्ध धेरै फाइदा पुर्याइरहेको हुन्छ ।”

    अझ मध्यम किसिमको शारीरिक व्यायम गर्नुले त क्यान्सरको खतरालाई ३१ प्रतिशतले कम गरि झन धेरै लाभ गराउँछ । मध्यम स्तरको व्यायाम अन्तर्गत, साइकल चलाउनु, छिटोछिटो हिँड्नु, पानीमा एरोबिक्स गर्नु, नाच्नु, टेनिसलगायत खेल खेल्नु आदि रहेका छन् । यसरी दैनिक केबल ३० मिनेटको शारीरिक हलचलले पनि हामीलाई क्यान्सरबाट हुने मृत्युबाट जोगाउन सक्ने डाक्टर सुसन बताइन् । सीएनएन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑