पोखरिया । राजन कुमार बानिया ।नागरिकता संसोधन बिधेयक खारिजको माग गर्दै पोखरियामा जनता समाजबादी पार्टी क्षेत्र नं. ३ ले बिरोध गरेको छ । नेकपाले विदेशी महिला संग विवाह गर्दा ७ वर्ष पछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ।
संघिय लोकतान्त्रिक गणतन्त्र भई सकेको वर्तमान परिवेशमा यो निर्णय अलोकतान्त्रिक तथा निरङ्कुशताको प्रतिक भएकोले यो निर्णयको घोर भत्सर्ना गरिएको छ । यस निणर्यले मधेस र मधेसी प्रतिको विभेद तथा दमनलाई उजागर गरेको छ। महिला प्रतिको लैङ्गिक भिन्नता र समानताको सवाललाई खिल्ली उडाऐको छ ।
तसर्थ यस्ता विभेदकारी निणर्य गरि आपसी सदभाव र निरङ्कुशताको उजागर गर्नु बाहेक अरु केहि नभएको जसपा युवा नेता शिव कुमार साहले बताए । देश बिपत्तिको सामाना गरिरहे अवस्थामा केपि ओलि सरकारले विभिन्न बहाना र खोकोलो राष्ट्रवाद देखाउने र मधेस र पहाड बिच दुरि कायम गरि राजनीति सफल पार्न देशमा गृह युद्ध निम्तियाउने खेल भएको जसका सहमहासचिव नेजामुदिन समानिले बताए ।
जसपा पर्सा क्षेत्र न. ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव र राजनरायन पटेल ज्युको नेतृत्वमा भएको बिरोध कार्यक्रममा विभिन्न नारा जस्तै बैवाहिक अङ्गकृत नागरिकताको ७ बर्से प्रवधान खारेज गर, महिला संगको विभेद अन्तय गर, रोटी बेटीको सम्बन्ध बिगार्न पाईदैन, मधेसी माथिको अत्याचार बन्द गर र केपी ओलि सरकार मुर्दाबाद लगायतको नाराबाजि गरि पोखरियामा १ घन्टा बिरोध गरिएको छ ।
बिरोध कार्यक्रममा पोखरिया नगरपालिका का ,उप मेयर सलमा खातुन, पोखरिया नगर समितिका अध्यक्ष राजु साह तेलि, गोबर्धन यादव, नेता खलिल मिया, नन्दलाल प्रसाद, भगवान दास तत्वा, भिखारी देवान र रसिद मिया लगायतको सहभागिता रहेको थियो ।