वीरगंज । पर्यटकीय क्षेत्र ठमेलमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई घरबेटीले भाडामा ५० प्रतिशत छुट दिएका छन् ।
तर वीरगंज मा कति हुन छ ? कि हुँदैन अइले पनि अन्योल मा छन वीरगंजका ब्यपारी ।वीरगंजमा पनि भाडामा सहुलियत हुन छ एहि आसमा छन व्यापारी । कस्ले सहयोग गर्छ? कस्ले पहल उठाइ दिन छ हाम्रो लागि ? हामी व्यापारी ब्यापार गर्छ्म कि आन्दोलन ? येस्तो प्रश्नहरु रहेको छ वीरगंजको ब्यापारि अर्जुन साहको । बोल्दै भन्छन व्यापारी हामी अइले पनि अन्योलमै छौं ।
व्यवसायीले १ वर्षसम्म घर भाडामा छुट दिन घरबेटीलाई आग्रह गरेकोमा ६ महिनासम्म छुट दिने सहमति भएको हो । ठमेल पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं सल्लाहकार रामशरण थपलियाले ४० देखि ६० प्रतिशतसम्म छुट दिन घरबेटी सकारात्मक रहेको बताए ।
ठमेल क्षेत्रमा व्यवसाय गर्दै आएका ११ वटा व्यवसायी संस्थाहरूले एक वर्षसम्म घरभाडामा ५० प्रतिशत छुट दिन घरबेटीलाई आह्वान गरेका थिए । ५० प्रतिशत नै छुट दिने विषयमा औपचारिक रूपमा सहमति नभए पनि ७० प्रतिशत घरबेटी छुट दिन तयार रहेको छ्न।व्यवसायी र घरबेटीबीच भाडा छुट दिने विषयमा औपचारिक सहमति भइसकेको छैन ।